नोटमा लेख्ने वा केरमेट गर्दै हुनुहुन्छ भने सजग हुनु होस है, तीन महिना जेल बस्नु पर्ला

Oct 15, 2021 07:06 AM Merolagani



तपाईले नोट केरमेट गर्नु भएको त छैन् नि? जानी वा नजानी नोटमा लेख्दै वा केरमेट गर्दै आउनु भएको छ भने होस गर्नुहोस है। जथाभावी लेखेको वा केरमेट गरेको नोट तपाईको साथमा छ भने मात्र पनि प्रहरीले समाएर जेल हाल्न सक्छ।

सरकारले भदौ १ गतेदेखि मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ पनि लागू गरेको छ। उक्त ऐनमा, नोटमा लेख्ने र केरमेट गर्नेलाई पनि फौजदारी कसुर भनि परिभाषित गरिएको छ। नोटलाई काम नलाग्ने गरी च्यातेमा वा कसैले बैंक नोटमा लेखेमा वा कोरेमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र ५ हजारसम्म जरिवाना हुने व्यवस्था ऐनमा छ।

जानी नजानी नोटमा केरमेट वा लेख्ने गरेमा वा आफुसँग राखेमा मात्र कसुर गरेको ठहरिने व्यवस्था उक्त ऐनमा गरिएको छ।

नोटमा केरमेट अर्कैले गरेको हुन सक्दछ। अर्कैले मिसाएर दिएको हुन सक्दछ। बैंक नोट होल्ड गर्ने व्यक्तिलाई केरमेट तिमीबाट नै भएको हो भनेर पनि सजाय हुन सक्ने सम्भावना बढी हुन्छ। त्यसैले पनि बैंक नोट अरुसँग लिनु पहिले सजग हुनु पर्ने राष्ट्र बैंकको भनाइ छ।

जानी नजानी गरेको हो/होइन भन्ने छुट्टयाउने आधार नभएकाले कहिलेकाँही थाहा नै नपाइकन पनि त्यस्तो कुरामा फस्न सकिन सम्भावना हुने राष्ट्र बैंकको भनाइ छ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी वा अन्य व्यक्तिहरुले खुद्रा नोटको प्याकेटमा कति नोट छ? भनेर हेक्का राख्नका लागि नोटमा अंक लेख्ने गर्छन्। यसरी लेखिनु पनि कानुनी रुपमा अपराध नै हो। त्यसरी नोटमा लेख्ने वा लेखेको नोट प्रयोग गर्नेलाई पनि कारवाही र सजाय हुने व्यवस्था ऐनमा छ।

राष्ट्र बैंकले ९ वर्ष अघिदेखि नै सफा नोट नीति लागू गरिसकेको छ। त्यस्तो नीति ल्याएपछि पनि नोट केरमेट गर्ने बानीमा परिवर्तन नभएपछि बाध्य भएर सजायको व्यवस्था गरिएको हो।

नोट छाप्दा सरकारी ढुकुटीबाट प्रशस्त रकम खर्च हुने गरेको छ। यसलाई नियन्त्रण गर्न पनि यस्तो व्यवस्था गरिएको हो।

नेपाल राष्ट्र बैंकले वर्षेनी झण्डै २० र २५ अर्ब रुपैयाँको नयाँ नोट आफै र बैंक तथा वित्तीय संस्थाहरुबाट सर्वसाधारणलाई उपलब्ध गराउने गर्दछ। यसरी बजारमा पठाइएका नोटहरु लेख्ने, केरमेट र जतनपूर्वक नराख्दा छिट्टै झुत्रा हुन्छन् र मुद्राको आयु घट्ने भएकाले नियन्त्रण गर्न पनि यस्तो ऐन ल्याइएको हो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।