नेपालमा थप १,०४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको निधन

Oct 06, 2021 05:39 PM Merolagani



नेपालमा थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २४ घण्टामा ११ हजार १६५ पीसीआर परीक्षणमध्ये ८४९ जनामा र चार हजार ३०० एन्टिजेन परीक्षणमध्ये १९४ जनामा संक्रमण भेटिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृण्ण प्रसाद पौडेलले दिएको जानकारी अनुसार एक दिनमा संक्रमणका कारण १२ जनाको निधन भएको छ । यस्तै सोहि अवधिमा संक्रमणमुक्त हुनेको संख्या ८९१ रहेको छ । हाल देशभरमा सक्रिय संक्रमित १६ हजार १९४ जना छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ३४४ जना, ललितपुरका ६१ जना र भक्तपुरका ३५ जना रहेको मन्त्रालयले उल्लेख गरेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।