नेपालमा थप १,०४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको निधन

Oct 06, 2021 05:39 PM Merolagani



नेपालमा थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २४ घण्टामा ११ हजार १६५ पीसीआर परीक्षणमध्ये ८४९ जनामा र चार हजार ३०० एन्टिजेन परीक्षणमध्ये १९४ जनामा संक्रमण भेटिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृण्ण प्रसाद पौडेलले दिएको जानकारी अनुसार एक दिनमा संक्रमणका कारण १२ जनाको निधन भएको छ । यस्तै सोहि अवधिमा संक्रमणमुक्त हुनेको संख्या ८९१ रहेको छ । हाल देशभरमा सक्रिय संक्रमित १६ हजार १९४ जना छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ३४४ जना, ललितपुरका ६१ जना र भक्तपुरका ३५ जना रहेको मन्त्रालयले उल्लेख गरेको छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।