काठमाडौंमा सार्वजनिक यातायात चढ्दा ३५ रुपैयाँसम्म भाडा तिनुपर्ने, यस्तो छ नयाँ भाडा दर

Oct 07, 2021 12:33 PM merolagani



अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात प्रयोग गर्दा ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने भएको छ । यातायात व्यवसायीको विरोधपछि बागमती प्रदेश सरकारले नयाँ भाडादर कायम गरेको हो  ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बाग्मती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू गरि उपत्यका भित्र चल्ने सार्वजनिक सवारीको हकमा किलो मिटरको आधारमा भाडादर तोकिएको छ ।

जसमा यदि यात्रुले ५ किलोमिटर दूरीसम्म यात्रा गर्नुपर्यो भने १८ रुपैयाँ तिनुपर्ने भएको छ । त्यस्तै १० किलोमिटरसम्मको सार्वजनिक यातायातमा चढ्दा २३ रुपैयाँ तिनुपर्ने छ ।

१५ किलोमिटरसम्मको यात्रा गर्नुपरेको खण्डामा २७ रुपैयाँ र २० देखि ३० किलोमिटर भन्दा बढी यात्रुले यात्रा गरेको खण्डामा ३५ रुपैयाँ भाडा दर तोकिएको छ ।

त्यस्तै,काठमाडौं उपत्यका भित्र अर्थात प्रदेश भित्रै चल्ने सार्वजनिक यातायातको हकमा अघि पछिको २३ प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरेको छ । संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको० भाडा २८ प्रतिशतले समायोजन गरेको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।