तपाई, हाम्रो खल्ती र बैंकमा रहेका समेत गरी ६ खर्ब ७६ अर्ब रुपैयाँका नोट चलनचल्तीमा

Oct 12, 2021 07:21 AM Merolagani

तपाई र हाम्रो गोजी, विभिन्न बैंक, वित्तीय संस्था, सहकारीलगायतमा अहिले ६ खर्ब ७६ अर्ब रुपैयाँ छ। राष्ट्र बैंकले अहिले उक्त रकम बजारमा रहेको तथ्यांक दिएको हो। उक्त रकम विभिन्न माध्यममार्फत राष्ट्र बैंकमा फर्किन्छ । राष्ट्र बैंकबाट बाहिरिएको, तर बैंकमा नफर्किएको पैसालाई चलनचल्तीमा रहेको गरिएको राष्ट्र बैंकको भनाइ छ।

अहिले बजारमा ६ खर्ब ७६ अर्ब रुपैयाँ बराबरका नोट रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाल बताए। ‘आवश्यकता अनुसार रकम छाडदै जान्छौ,’ उनले भने।

राष्ट्र बैंकले आवश्यकता अनुसार पैसा छाप्ने र बजारमा पठाउने गर्छ। बजारको आवश्यकताका आधारमा पैसा पठाउने काम केन्द्रिय बैंकले गर्दै आएको छ। चलनचल्तीमा रहेको रकम घटबढ भइरहन्छ । प्रायजसो आर्थिक वर्षको अन्त्यमा बढी बजारमा पैसा जाने गरेको छ। त्यतिबेला सरकारले बढी खर्च गर्ने र अरु समय कम खर्च हुने गरेका कारणले पनि यस्तो भएको राष्ट्र बैंकको भनाइ छ।

आवश्यकताअनुसार राष्ट्र बैंकले बजारमा पैसा पठाउने गर्ने काम गर्छ। बजारमा पैसाको माग धेरै भएको समयमा धेरै र कम भएको समयमा कम मुद्रा चलनचल्तीमा रहन्छ। मागअनुसार राष्ट्र बैंकले विभिन्न माध्यममार्फत बजारमा पैसा पठाउँछ।

राष्ट्र बैंकबाट बाहिरिएका नोटहरूमध्ये केही बाढी, पहिरो, आगलागी जस्ता कारणले नष्ट भएको हुन सक्छ। तर, राष्ट्र बैंकको गणनामा ती नोट पनि चलनचल्तीमा रहेको मानिन्छ। तर, त्यस्तो रकम कति छ भन्ने जानकारी राष्ट्र बैंकसँग छैन। तर पनि उसले यस्तो पैसा बजारमा छ भनि गणना गर्ने गर्छ।

अहिले १, २, ५, १०, २०, ५०, १००, ५०० र १ हजार दरका नोटहरू चलनचल्ती रहेको राष्ट्र बैंकको भनाइ छ। केही समय पहिला १, २, २५ र २ सय ५० दरका नोट छाप्ने गरेको थियो। तर, ती नोट छाप्न छोडेको धेरै भएको छ। १ र २ रुपैयाँका सिक्का भने राष्ट्र बैंकले छाप्दै आएको छ।

चलनचल्तीमा रहेकामध्ये सबैभन्दा बढी नोट १०० रुपैयाँका छन्। यसैगरी एक हजार, ५००, ५०, २०, १० र ५ का नोट पनि ठूलो परिणाममा बजारमा रहेको राष्ट्र बैंकको भनाइ छ।

नेपाली नोट सुरक्षाका हिसाबले पनि विदेशमा छापिने गरेको छ। फ्रान्स, अफ्रिकालगायतका देशमा नेपाली नोट छापिने गरेका छन्। नोट छपाइ गर्दा राष्ट्र बैंकले अन्तराष्ट्रिय रूपमा सूचना (टेन्डर) आव्हान गर्छ। प्राप्त टेन्डरका आधारमा सबैभन्दा कम मूल्यलाई पैसा छाप्न दिइन्छ।

यसकारण कहिले कम र कहिले धेरै खर्च लाग्छ। केही वर्षयता कम्पनीहरूबीच प्रतिस्पर्धा बढेकाले विगतमा भन्दा सस्तो मूल्यमा पैसा छपाइ गरिरहेको राष्ट्र बैंकको भनाइ छ। तर पनि ठूला रकम नेपाली नोट छपाइमा खर्च हुने गर्छ।

नोट छपाइ गर्दा मुलुकले धेरै रकम गुमाउने भएकाले पनि नेपाली नोट जतनसँग राख्न राष्ट्र बैंकले बारम्बार आव्हान गर्छ। पछिल्लो समय जथाभावी केर्ने, स्टेपलर लगाउने लगायतका कार्य गर्नेलाई फौजदारी अपराध सरह मानेर तीन महिनासम्म कैदको व्यवस्था गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।