फेसबुक केही समय बन्द हुँदा टेलिग्रामले पायो मौका, एक दिनमा बनायो ७ करोड प्रयोगकर्ता

Oct 07, 2021 03:34 PM Merolagani



५ अकटोबरमा ६ घण्टा भन्दा बढि समय फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप लगायतका केही सामाजिक संजाल बन्द भए । यि एप्स बन्द हुँदा टेलिग्रामलाई मौका मिल्यो र सो समय टेलिग्रामका लागि निकै फाइदनजनक रह्यो । 

सो दिन यस एप्समा सात करोड मानिस जोडिए जुन यस एप्सका लागि इतिहास बन्यो । हाल टेलिग्रामको मासिक सक्रिय प्रयागकर्ताको संख्या ५०० मिलियन भन्दा धेरै पुगेको छ ।

टेलिग्रामका सिइओ पावेल डुरोवका अनुसार फेसबुक ठप्प भएका समयमा धेरै संख्यामा प्रयोगकर्ताहरु जोडिए । टेलिग्रामको दैनिक वृद्धि दरको परिणामभन्दा धेरै भएको छ । पावेलले बताए बमोजिम अन्य सामाजिक संजालभन्दा सात करोड भन्दा धेरै प्रयोगकर्तालाई उनीहरूले स्वागत गरेका छन् ।

टेलिग्राम एप मार्फत प्रयोगकर्ताहरुले सुरक्षित तरिकाबाट पेमेन्ट तिर्न सक्छन् । यस्तै टेलिग्राममा भ्वाइस च्याटलाई सेड्युल गर्न सकिन्छ । यस्तै च्याट गर्दा गर्दै प्रोफाइल पिक्चर र बायोलाई एडिट गर्न सकिनेछ । यस एप्सले एनिमेटेड स्टीकर्स, डार्क मोड, च्याट फोल्डर्स जस्ता धेरै फिचर्स सपोर्ट गर्दछ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।