बीमा समितिले कृषि तथा पशुपन्छी बीमालेख परिमार्जन गर्ने

Oct 08, 2021 04:25 PM Merolagani



बीमा समितिले कृषि तथा पशुपन्छी बीमालेख परिमार्जन गर्ने भएको छ । हाल प्रचलनमा रहेका कृषि तथा पशुपन्छी बीमालेखहरूलाई समय सापेक्षरूपमा परिमार्जन गर्ने कार्यलाई समितिले अगाडि बढाएको हो ।

यस्तै समितिमा माग भई आए बमोजिमका बीमालेखहरू बनाउने कार्य पनि शुरू गरेको समितिले जनाएको छ । ड्रागन फ्रुट,किबी र नर्सरी लगायतको बीमालेख समितिले बनाउने भएको हो ।

त्यस मध्ये पनि ड्रागन फ्रुटको बीमालेख बनाउने कार्य शुरू भइसकेको समितिले जनाएको छ ।

समितिले बीमालेख परिमार्जन गरी संशोधनका लागि समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा कृषितथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग र पशु सेवा विभागका प्रतिनिधिहरूका साथै सम्बन्धित क्षेत्रका एकजना विज्ञ रहेका एक उपसमिति गठन गरेको छ ।

कृषि तथा पशुपन्छी बीमाको अनुगमन

बीमा समितिले कृषि तथा पशुपन्छी बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूबाट भइरहेको कृषि तथा पशुपन्छी बीमाको अनुगमन गर्न समेत थालेको छ । बीमा कम्पनीहरूले गरेका कृषि तथा पशुपन्छी बीमाका सरोकारवालाहरूबाट गुनासो आउन आउन थालेपनि समितिले अनुगमन गर्न थालेको हो ।

कृषि तथा पशुपन्छी बीमा सम्बन्धी निर्देशिका समेत पालना नगरेको भेटिएपछि समितिले अनुगमन गरेको जनाएको छ ।

कृषि तथा पशुपन्छी बीमा संचालनमा देखिएका समस्याहरूको पहिचान गरी समाधान गर्न अनुगमनबाट सहज हुने समितिको विश्वास छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।