सानिमा बैंक अब कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा

Oct 10, 2021 11:10 AM Merolagani



सानिमा बैंकले (SANIMA) असोज २१ गते कपिलवस्तुको जीतपुरमा र असोज २२ गते काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

जीतपुर कार्यालयको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरेका हुन् । 

यसैगरी मध्यबानेश्वर कार्यालयको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं १० का अध्यक्ष राम कुमार के.सी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले संयुक्त रुपमा गरे । यसका साथै बोडे कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका हुन् ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालद्वारा ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरियाे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।