म्यादी जीवन बीमा के हो? के के छन् फाइदाहरू

Oct 14, 2021 09:43 AM Merolagani



पछिल्लो समय म्यादी जीवन बीमा योजना सर्वसाधारणहरुको आकर्षण बढ्न थालेका छन्। थोरै रकममा जोखिम बहन हुने भएपछि सर्वसाधरणहरु म्यादी जीवन बीमा तर्फ आर्कषित हुन थालेका हुन्।

म्यादी जीवन बीमामा विषेशगरी मृत्यु लाभको सुविधा मात्रै उपलब्ध गराएको हुन्छ। तर त्यसमा थप केहि शुल्क बुझाएपछि मृत्यु लाभसंगै स्वास्थ्य उपचार खर्च समेत उपलब्ध हुने भएपछि म्यादी जीवन बीमामा सर्वसाधारणहरुको आकर्षण बढ्दै गएको हो।

विश्वभर फैलिएको कोभिड १९ ले आर्थिक गतिविधि सुस्त भएको अवस्थामा ठूलो बीमाशुल्क भुक्तानी गरेर सावधिक तथा आजीवन बीमालेख खरिद गर्न सकिने अवस्था सबैको छैन। त्यसैले न्यून रकममा जोखिम बहन हुने म्यादी जीवन बीमा जोखिम हस्तान्तरणको राम्रो विकल्प बन्दै गएको हो।

यस्तै गरी न्यून आय भएकाहरु अझैपनि जीवन बीमा पहुँच बाहिर नै छ। यस्तो अवस्थामा पनि म्यादी जीवन बीमा उनीरुको लागि भरपर्दो विकल्प बनेको छ। म्यादी बीमा गर्नको लागि ठुलो रकमको आवश्यकता हुदैन। दैनिक चिया खर्चले समेत स्वस्थ्य लाभ सहितको जीवन बीमा योजन खरिद गर्न सकिन्छ। अर्थात कम बीमाशुल्क तिरेरपनि मृत्यु जोखिम वहन गर्न सकिन यसको विशेषता हो।

म्यादी जीवन बीमा चालू रहेको अवस्थामै बीमितको मृत्यु भएमा परिवारका हकवालाले मृत्यु लाभ बापतको रकम भुक्तानी प्राप्त गर्नेछन्। बीमितको निधन नभए मृत्यु लाभको भुक्तानी पाउने छैन् भने बीमाशुल्कको रकम समेत फिर्ता पाउदैनन्।

यस्तो योजनाले निश्चित अवधिसम्मको लागी जोखिम बहन सुविधा उपलब्ध गराउछ। सामान्यता १ देखि ३० वर्षसम्मको लागी म्यादी जीवन बीमा गर्न सकिन्छ। म्यादी बीमामा विषेशगरी मृत्यु लाभको लागि ल्याएको हो। खासगरी घरमूलीको निधन भएको अवस्थामा परिवारका आश्रितहरुको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो बीमा योजना सार्वजनिक गरेको हो।

बैंक तथा वित्तीय संस्थाहरुमा ऋण लिए पश्चात ऋणीको अचानक मृत्यु भएमा परिवारका सदस्याहरुको उक्त ऋण चुक्ता गुर्नपर्ने हुन्छ। यदि ऋण चुक्ता गर्न नसकेमा घर जायजेथा नै लिलाम हुने स्थिति आउन सक्छ। तर लिएको ऋण रकमको म्यादी जीवन बीमा गरेको छ भने बीमितको मृत्यु भएमा बीमा कम्पनीले नै ऋण लिएको रकम भुक्तानी गर्छ। जसले गर्दा परिवारका सदस्यहरुलाई ऋणको भार समेत पर्दैन।

थप बीमाशुल्क बुझाएर सुविधा पनि थप्न सकिने

म्यादी जीवन बीमा विशेषगरी मृत्यु लाभको लागि तयार गरिएको योजना हो। तर यसमा थप बीमाशुल्क भुक्तानी गरेपछि थप सुविधा समेत लिन सकिन्छ।

कुनै कुनै म्यादी बीमा योजनामा मृत्यु दाबी भुक्तानी नभएको अवस्थामा बीमा अवधिपछि बीमाशुल्क फिर्ता गर्ने विकल्प पनि उपलब्ध गराइएको हुन्छ। तर सामान्य म्यादी बीमा योजनाको तुलनामा बीमाशुल्क फिर्ता गर्ने विकल्प सहितको योजनामा तुलनात्मक रूपमा धेरै बीमाशुल्क तिर्नुपर्ने हुन्छ।

यस्तै बीमामा थप रकम भुक्तानी गरेपछि बीमितको मृत्यु लाभसंगै उपचार खर्च समेत पाउन सकिन्छ। मृत्यु लाभ बाहेक आंशिक वा पूर्ण स्थायी अपाङ्गता, घातक रोग उपचार खर्चको सुविधा समेत समेटिएको योजनाहरु बिक्रीमा छन्।

आंशिक वा पूर्ण स्थायी अपाङता सुविधा सहितको म्यादी बीमामा दुर्घटनाको कारण बीमितको कुनै अंग आंशिक वा पूर्णरूमा क्षति पुगेमा बीमितलाई निश्चित रकम क्षतिपूर्ती उपलब्ध गराइन्छ।

घातक रोगको उपचार सुविधा सहितको म्यादी बीमामा बीमा अवधि भित्र बीमितलाई पूर्व निर्धारितमध्ये कुनै एउटा रोग लागेमा उपचार खर्चबापत बीमांक बराबरको रकम भुक्तानी दिइन्छ।

कति लाग्छ शुल्क?

म्यादी जीवन बीमा गर्ने समयमा बीमितको स्वास्थ्य स्थिति र उमेरको आधारमा बीमाशुल्क निर्धारण गरिन्छ। बिग्रँदो स्वास्थ्य अवस्था वा बढ्दो उमेरसँगै म्यादी जीवन बीमा गर्न कठिनाई हुने वा ज्यादै महँगो हुने सम्भावना पनि हुन्छ।

लामो अवधिको लागी गरिने सावधिक बीमा योजनाको तुलनामा म्यादी जीवन बीमाको शुल्क भने न्यून हुन्छ। उदाहरणको लागी ३० वर्ष उमेरको युवकले वार्षिक ३ हजार ५०० रुपैयाँ भुक्तानी गरेरै १० लाख रुपैयाँ बराबरको मृत्यु लाभ सुविधा भएको म्यादी बीमा खरिद गर्न सकिन्छ।

म्यादी जीवन बीमाको शुल्क बीमा कम्पनीको बीमा योजना तथा त्यसमा प्राप्त हुने सुविधा अनुसार फरक हुनेछ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।