निफ्राको लाभांश संशोधन, ८ प्रतिशत बोनस बाँड्ने

Oct 11, 2021 10:45 AM Merolagani



नेपाल इन्फ्रास्टक्चर बैंक (NIFRA) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई बाँड्ने लाभांश संशोधन गरेको छ।

यसअघि ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा असोज २४ गते बसेको सञ्चालक  समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले साढे आठ प्रतिशत नगद वितरण गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको भए पनि केन्द्रिय बैंकले स्वीकृति नदिएपछि लाभांश संशोधन गरेको हो। केन्द्रिय बैंकले यसअघि नै कुल लाभांशको ३० प्रतिशतमात्र नगद वितरण गर्न पाउने व्ययवस्था गरेको थियो। केन्द्रिय बैंकको व्यवस्थाअनुसार बैंकको लाभांश नमिलेपछि संशोधन गर्नुपरेको हो।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।