प्रि ओपन सेसन अपडेटः नेप्सेमा सामान्य सुधार

Oct 11, 2021 10:54 AM Merolagani



दशै अघिको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्सेमा सामान्य सुधार भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १८ अंकले घटेर बन्द भएको बजार यस दिन सो सेसनमा ५.०३ अंक बढेर २६६७.५९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१४ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ७ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये सबै कम्पनीको शेयरमूल्य बढेको छ।

यस सेसनमा २५ लाख ४१ हजार ९०६ रुपैयाँको शेयर कारोबार भएको छ।