प्रि ओपन सेसन अपडेटः नेप्सेमा सामान्य सुधार

Oct 11, 2021 10:54 AM Merolagani



दशै अघिको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्सेमा सामान्य सुधार भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १८ अंकले घटेर बन्द भएको बजार यस दिन सो सेसनमा ५.०३ अंक बढेर २६६७.५९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१४ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ७ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये सबै कम्पनीको शेयरमूल्य बढेको छ।

यस सेसनमा २५ लाख ४१ हजार ९०६ रुपैयाँको शेयर कारोबार भएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।