बैंकले कर्जा नउठेको ६ महिनापछि मात्रै सार्वजानिक सूचना निकाल्न पाउने

Oct 11, 2021 11:53 AM Merolagani



बैंक तथा वित्तीय संस्थाहरुले कर्जा नउठेको ६ महिना पसिछ मात्रै कर्जा असुलिको लागि सार्वजानिक सूचना निकाल्न पाउने भएका छन्। केन्द्रिय बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

एक वर्ष भन्दा बढी अबधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्बजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई कम्तीमा संकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ । एकिकृत निर्देशिकामा भनिएको छ।

अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलि नभएको त्यसको ६ महिनापछि मात्रै कर्जा धितो लिलामी गर्न पाउने भएका छन्।

त्यसैगरी ब्याज पूँजीकरणका लागि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र केन्द्रिय बैंकमा पुँजीकरणका लागि निवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।