वाणिज्य बैंकको बढेन ब्याजदर, फाइनान्स र विकास बैंकले भने ब्याजदर बढाए

Oct 17, 2021 01:03 PM MeroLagani

असोज महिनामा आक्रामक रुपमा ब्याजदर बढाएर निक्षेप तान्ने प्रतिस्पर्धामा लागेका वाणिज्य बैंकहरु कार्तिक महिनामा भने अलिकति सम्हालिएको देखिएको छ ।

हालसम्म कार्तिक महिनाको लागि ६ वटा वाणिज्य बैंकहरुले ब्याजदर प्रकाशित गरेकोमा सरकारी स्वामित्वकाे कृषि विकास बैंकले सामान्य रुपमा ब्याजदर वृद्धि गरेकाे छ । कृषि विकास बैंकले वचत खातामा ०.५ प्रतिशत र मुद्दतीमा ०.४ प्रतिशत ब्याजदर बढाएर प्रकाशित गरेकाे छ । अरु बैंकहरुले असोज महिनाकै ब्याजदरलाई यथावत राखेका छन् भने कतिले त उल्टो कार्तिक महिनामा निक्षेपमा पाउने ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।

सानिमा बैंकले असोज महिनामा प्रकाशित गरेको ब्याजदर सूचीमा साढे ९ प्रतिशतसम्म ब्याजदर प्रकाशित गरेको थियो । कार्तिक महिनाको लागि भने सानिमाले मुद्दती निक्षेपमा करिब १ प्रतिशतले घटाएर ब्याजदर प्रकाशित गरेकाे छ । कार्तिक महिनाको लागि सानिमाले प्रकाशित गरेको ब्याजदर सूची अनुसार मुद्दती निक्षेपमा न्यूनतम ६ देखि ८.५१ प्रतिशतसम्म ब्याज दिने घोषणा सानिमा बैंकले गरेकाे छ । यसअघि असोज महिनाको लागि प्रकाशित दर अनुसार बैंकले ९.५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको थियो भने अझ रेमिट्यान्स मुद्दती खातामा त १०.०१ प्रतिशत ब्याजदर घोषणा गरेको थियो । प्रभु बैंकले र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि कार्तिक महिनाको लागि ब्याजदर प्रकाशित गरेका छन् । दुबै बैंकले असोज र कार्तिक महिनाको ब्याजदर तालिकामा खासै हेरफेर गरेका छैनन् ।

विकास बैंकले ११ प्रतिशत पु¥याए ब्याजदर

हालसम्म दुई वटा विकास बैंकले कार्तिक महिनाको लागि ब्याजदर प्रकाशित गरेकोमा सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंकले मुद्दती निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिने सूचना प्रकाशित गरेका छन् । एक्सेल कर्पोरेट प्रिमियम मुद्दती निक्षेप खातामा ११ प्रतिशत ब्याज दिने घोषणा गरिएको हो । एक्सेलको नियमित मुद्दती ब्याजदर ९.५ प्रतिशत मात्रै रहेको छ । एक्सेलले वचत खातामा ६ देखि ८ प्रतिशतसम्म ब्याज दिएको छ भने रेमिट्यान्स वचत खातामा भने ९ प्रतिशत ब्याजदर तोकेको छ । सिन्धु विकास बैंकले भने वचत खातामा ५.११ देखि ६.११ सम्म र मुद्दती निक्षेपमा ९.०१ देखि १०.११ सम्म ब्याज तोकेको छ ।

फाइनान्सले पनि बढाए ब्याजदर

असोज महिनामा फाइनान्स कम्पनीहरुले आपसी छलफलबाटै ब्याजदर नबढाउने अनौपचारिक निर्णय गरेका थिए । असोज महिनाको लागि अधिकतम मुद्दतीमा साढे ९ प्रतिशत ब्याज तय गरेका फाइनान्सहरुले कार्तिक महिनाको लागि भने अधिकतम मुद्दती खातामा १०.७५ प्रतिशतसम्म ब्याजदर पु¥याएका छन् । फाइनान्स कम्पनीहरुले वचत खातामा न्यूनतम ५.७५ देखि ६.५ प्रतिशतसम्म व्याजदर घोषणा गरेका छन् भने मुद्दती खातामा ८.५ प्रतिशतदेखि १०.७५ प्रतिशतसम्म ब्याजदर दिने सूचना प्रकाशित गरेका छन् ।

गोर्खाज फाइनान्सले वचत खातामा ६ देखि साढे ६ प्रतिशत र मुद्दती निक्षेपमा न्यूनतम साढे ८ प्रतिशतदेखि साढे १० प्रतिशतसम्म ब्याज दिने घोषणा गरेका छन् । त्यस्तै मञ्जुश्री फाइनान्सले पनि वचत खातामा ६ देखि साढे ६ प्रतिशत र मुद्दती खातामा साढे १० प्रतिशतसम्म ब्याजदर  दिने घोषणा गरेकाे छ । पोखरा फाइनान्सले वचत खातामा न्यूनतम ५.७५ देखि ६ प्रतिशतसम्म र मुद्दती निक्षेपमा १०.२५ देखि १०.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।