तीन बैंकहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 21, 2021 06:42 AM Merolagani



कात्तिक ४ गते, बिहीबार, तीन बैंकहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सानिमा बैंक, माछापुच्छ्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनु पर्दछ।

कात्तिक ४ गते, बिहीबार, तीन बैंकहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सानिमा बैंक, माछापुच्छ्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनु पर्दछ।

सांग्रिला डेभलपमेन्ट बैंकले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली अर्थात कात्तिक ५ गतेदेखि बुकक्लोज गर्दैछ भने सानिमा बैंक र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन तथा बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा सत्रौँ वार्षिक साधारण सभा डाकेको छ।

त्यसैगरी, सानिमा बैंक (SANIMA) ले कात्तिक १४ गते आईतबार,आम्रापाली ब्याङ्क्वेट, बालुवाटार काठमाडौंमा १७ औं वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, माछापुच्छ्रे बैंक (MBL) ले कात्तिक २६ गते, होटल पोखरा ग्राण्ड, पार्दि पोखरामा तेइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागि हुने शेयरधनीहरुलाई जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि गरिएको सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।