दशैँ सकिए लगत्तै सुनचाँदीको मूल्य लगातार बढ्याे

Oct 21, 2021 11:11 AM Merolagani

दशैँ सकिए लगत्तै सुनको मूल्य लगातार बढिरहेको छ । कार्तिक ४ गते, बिहीबार सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको छ ।अघिल्लो कारोबार दिन सुन तोलामा १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी प्रतितोला १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २३५ रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ निरन्तर केहि दिन यता वृद्धि भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।