देशभरमा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाले ज्यान गुमाए

Oct 21, 2021 05:05 PM Merolagani



पछिल्लो २४ घण्टामा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ हजार ५८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४७० जना रएक हजार ९६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५ जनामा संक्रमण देखिएको मन्त्रालयले नियमित अपडेटमार्फत जानकारी दिएको हो ।

एक दिनमा कोरोनाका कारण ८ जनाले ज्यान गुमाएका छन् भने एक हजार ७२६ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै २१४ जना नयाँ संकमित थपिएका छन् । जसमध्ये काठमाडौंका १४७ जना, ललितपुरका ५१ जना र भक्तपुरका १६ जना छन् । बिहीबारको थप संकमण पछि देशभर स्रक्रिय संक्रमित संख्या ११ हजार ३१५ जना पुगेको मन्त्रालयले जनाएको छ ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट

Jan 30, 2026 11:02 AM

माघ १६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो । निरन्तर ६ दिनदेखि सुन र चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेकाे थियो ।