नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको प्रतिफल इकाईधनीहरुको बैंक खातामा

Oct 22, 2021 08:37 AM Merolagani



नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र नबिल इक्विटी फण्डले गत अािर्थक वर्षको प्रतिफल इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको छ।

नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग योजना व्यवस्थापक सहित सञ्चालित यी दुबै फण्डहरुले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरुलाई वितरण गर्ने घोषणा गरेको प्रतिफल जम्मा गरेको हो। नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत र नबिल इक्विटी फण्ड (NEF) ले ४० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

यी दुबै फण्डले प्रतिफल वितरण प्रयोजनार्थ असोज ११ गते बुकक्लोज गरेका थिए। यस अनुसार सोभन्दा अघिल्लो दिन अर्थात असोज १० सम्म नेप्सेमा कारोबार भइ कायम रहेका र हितग्राही खातामा बैंक खाता नम्बर अध्यावधिक गराएका इकाईधनीहरुको खातामा सो प्रतिफल जम्मा गरेको हो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।