सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको कारोबार आजदेखि शुरु हुने

Oct 24, 2021 09:41 AM Merolagani



सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजनाको इकाई आज (कात्तिक ७ गते) देखि कारोबार हुन सक्ने भएको छ।

यस योजनाका इकाईहरु सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमार्फत खरिदबिक्री गर्न सकिने योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।

कारोबारका लागि काउण्टर आइतबारदेखि बिहीबारसम्म १० बजेदेखि ३ बजेसम्म खुला हुनेछ। शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन योजनाका इकाईहरु खरिदबिक्री बन्द हुने क्यापिटलले जनाएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।