२४ घण्टामा ५५७ जना कोरोना संक्रमित थपिए, ८७७ जना संक्रमणमुक्त

Oct 24, 2021 05:41 PM Merolagani



पछिल्लो २४ घण्टामा देशभरमा ५५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार ६ हजार ६१ पीसीआर परीक्षणमध्ये ५२२ जनामा र एक हजनार ५६४ एन्टिजेन परक्षिणमा ३५ जनामा संक्रमण देखिएको हो ।

आइतबार संक्रमणका कारण ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । सोहि अवधिमा संक्रमणमुक्त हुनेको कुल संख्या भने ८७७ रहेको छ ।

आज थपिएका संक्रमिथमध्ये काठमाडौंका १५९ जना र ललितपुरका ४१ जना रहेको मन्त्रालयले जनाएको छ । हाल देशमा १० हजार २०१ जना सक्रिय संक्रमित रहेका छन् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।