महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन सम्पन्न

Oct 25, 2021 03:37 PM Merolagani



महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। कार्तिक ५ र ६ गते भएको उक्त सम्मेलन प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्मेलनमा देश भरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिन १४ क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ-आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको"National Business Meet-2078" राष्ट्रिय सम्मेलन सम्पन्न गरियो ।

सम्मेलनको अन्तमा २०७८।०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका थिए ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।