महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन सम्पन्न

Oct 25, 2021 03:37 PM Merolagani



महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। कार्तिक ५ र ६ गते भएको उक्त सम्मेलन प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्मेलनमा देश भरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिन १४ क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ-आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको"National Business Meet-2078" राष्ट्रिय सम्मेलन सम्पन्न गरियो ।

सम्मेलनको अन्तमा २०७८।०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका थिए ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।