सोमबार ७७६ जनामा कोभिड १९ पुष्टि, १३ जनाले ज्यान गुमाए

Oct 25, 2021 05:23 PM Merolagani



सोमबार ७७६ जनामा कोभिड १९ पुष्टि भएको छ । २४ घण्टामा भएको आठ हजार २८४ पीसीआर परीक्षणमध्ये ६७३ जनामा र दुई हजार ५८० एन्टिजेन परीक्षणमध्ये १०३ जनामा संक्रमण पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोहि अवधिमा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुने ५०१ जना रहेका छन् भने संक्रमणका कारण ज्यान गुमाउने १३ जना छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका १८५ जना र ललितपुरका ३३ जना छन् ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।