सोमबार ७७६ जनामा कोभिड १९ पुष्टि, १३ जनाले ज्यान गुमाए

Oct 25, 2021 05:23 PM Merolagani



सोमबार ७७६ जनामा कोभिड १९ पुष्टि भएको छ । २४ घण्टामा भएको आठ हजार २८४ पीसीआर परीक्षणमध्ये ६७३ जनामा र दुई हजार ५८० एन्टिजेन परीक्षणमध्ये १०३ जनामा संक्रमण पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोहि अवधिमा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुने ५०१ जना रहेका छन् भने संक्रमणका कारण ज्यान गुमाउने १३ जना छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका १८५ जना र ललितपुरका ३३ जना छन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।