थप ६६६ जनामा कोभिड १९ पुष्टि, ११ संक्रमितको मृत्यु

Oct 26, 2021 05:09 PM Merolagani



नेपालमा थप ६६६ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार पछिल्लो २४ घण्टामा भएको ९ हजार ७७१ पीसीआर परीक्षणमा ५६९ जनामा र दुई हजार २४९ एन्टिजेन परीक्षणमध्ये ९७ जनामा संक्रमण पाइएको हो ।

मन्त्रालायको अपडेटमा लेखिए अनुसार यसै अवधिमा ११ जना संक्रमितको मृत्यु भएको छ । मंगलबार देशभरमा ६२२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कुल ९ लाख ४ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये सात लाख ८८ हजार ६३० जनाले कोरोना जितेका छन् भने ११ हजार ३७२ जनाले ज्यान गुमाएका छन् ।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा १७७ जना रहेको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा ३३ जना र भक्तपुरमा २५ जनामा कोभिड १९ देखिएको छ ।अहिले देशमा कुल सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।