लगातार बढेको सुनचाँदीको भाउमा बुधबार गिरावट

Oct 27, 2021 03:32 PM Merolagani



लगातार बढेको सुनचाँदीको भाउमा बुधबार गिरावट आएको छ । कार्तिक १० गते सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन तोलामा २०० रुपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

कार्तिक महिना लागेसँगै बढिरहेको सुनको भाउ आज मात्र घटेको हो । कार्तिक १ गते प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको सुन आजसम्म प्रतितोला ७०० रुपैयाँले बढिसकेको छ ।

 

यस्तै बुधबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । महासंघको तथ्यांक अनुसार अघिल्लो कारोबार दिन चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २६५ रुपैयाँ कायम रहेको थियो ।

चाँदीको भाउ कार्तिक महिना लागेयता प्रतिताेला २५ रूपैयाँले वृद्धि भएकाे छ । कार्तिक १ गते चाँदी प्रतिताेला एक हजार २२५ रूपैयाँ ताेकिएकाे थियाे । त्यसपछि भने प्रायजसाे चाँदी भाउ उकालाे नै लागिरहेकाे थियाे । 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।