वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन राजीनामा, एमाले नेतृत्वको सरकार अब प्रदेश नं १ मा मात्रै

Oct 27, 2021 03:08 PM Merolagani



वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि मतपरीक्षणअघि नै शाक्यले प्रदेशसभा बैठकमा आफ्नो राजीनामाको घोषणा गरेकी हुन् ।

प्रदेशसभाको पहिलो निर्वाचनपछि सबैभन्दा धेरै मत ल्याएर सातमध्ये चार प्रदेशमा सरकारको नेतृत्व गरेको नेकपा एमालेले एउटा बाहेक सबै प्रदेश सरकारको नेतृत्व गुमाएको छ ।

बुधवार वाग्मती प्रदेशमा आफ्नो सरकार गुमाएसँगै एमाले नेतृत्वको सरकार अब प्रदेश नं १ मा मात्रै बाँकी छ । यसअघि एमालेले गण्डकी र लुम्बिनी प्रदेशको सरकार गुमाएको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।