भाटभटेनी सुपरमार्केटले शुरु गर्यो क्युआर कोड भुक्तानी सेवा, सबै आउटलेटहरुमा शुरू हुने

Oct 28, 2021 12:12 PM Merolagani



डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने गरी भाटभटेनी सुपरमार्केटले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु गरेको हो।

बिहीबारबाट नक्साल भाटभटेनीमा क्युआरकोड सेवा न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन । उक्त कार्यक्रममा गभर्नर अधिकारीले नेपालमा क्यास लेस सेवाले छिट्टै नयाँ फड्को मार्ने बताए ।

‘नगद कारोबार एकदमै झन्झटिलो हुने गरेको छ जसकारण क्युआरबाट भुक्तानीले समयको बचतसँगै सुरक्षित कारोबारमा समेत प्रात्साहन मिलिरहेको छ’ उनेल भने ।

उनले ’पैसा भए पनि देखाउन नसक्ने’ हरुका लागि यसले मद्दत गर्ने भन्दै भविष्य लागि पनि क्युआर भुक्तानी प्रयोग गर्न आह्वान गरे ।

कार्यक्रममा प्रभु बैंकका कार्यकारी अघिकृत अशाेक शेरचनले डिजिटल भुक्तानीलाई देशव्यापी रुपमा अघि बढाउनुपर्ने बताए ।

‘शहरी भेगमा मात्रै नभइ ग्रामिण इलाकामा पनि यसको आवश्यक्ता छ’उनले भने,अवको युग नै प्रविधिमा आधारित भएको भन्दै यसको प्रयोग बढ्दा औपचारिक अर्थतन्त्रमा टेवा पुग्ने र कारोबार पनि पारदर्शी हुने छ।

आन्तरिक राजस्व कार्यकालका महानिर्देशक शोभाकान्त पौडेलले विद्युतीय भुक्तानीले कारोबार पारदर्शी हुँदा राज्यलाई पनि कर आउने बताए ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सरकार र राष्ट्र बैंकको क्यास लेस अभियानलाई सहयोग गर्न आगामी दिनमा सबै आउटलेटहरुमा क्युआर भुक्तानी सेवा शुरु गर्ने बताए । उनका अनुसार क्युआर भुक्तानीलाई प्रबर्द्धन गर्न आफ्ना १० लाख मेम्बरलाई प्रोत्साहन गरिने छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।