लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफले डाक्यो साधारण सभा, कति दिँदैछ लाभांश?

Oct 28, 2021 12:01 PM Merolagani



गुराँस लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले मंसिर १० गते आफ्नो प्रधान कार्यालय, श्री राज भवन, तीनकुनेमा सो एघारौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिनेछ।

सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँ रहेको छ। ५.५० प्रतिशतका दरले १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ८ करोड ७२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।