साहस उर्जा र तेह्रथुम पावरकाे शेयर नेप्सेमा सूचीकृत,ओपनिङ्ग रेन्ज कति?

Oct 28, 2021 01:47 PM Merolagani



साहस उर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।बिहीबार साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावरको ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले साहस उर्जा कम्पनीको पहिलो शेयर कारोबारको लागि प्रतिकित्ता न्यूनतम १३५ रुपैयाँ ११ पैसा देखि ४०५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबार कम्पनीको शेयर कारोबार हुनेछ ।

यस्तै कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एसएएचएएस कारोबार संकेत दिएको छ ।

तेह्रथुम पावर कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ८४ रुपैयाँ ७४ पैसा देखि २५४ रुपैयाँ २२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा रहेर आइतबार देखि कम्पनीको शेयर कारोबार हुनेछ ।

नेप्सले तेह्रथुम पावर कम्पनीको शेयरलाई टिपीसी कारोबार संकेत प्रदान गरेको छ ।

 

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।