साहस उर्जा र तेह्रथुम पावरकाे शेयर नेप्सेमा सूचीकृत,ओपनिङ्ग रेन्ज कति?

Oct 28, 2021 01:47 PM Merolagani



साहस उर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।बिहीबार साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावरको ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले साहस उर्जा कम्पनीको पहिलो शेयर कारोबारको लागि प्रतिकित्ता न्यूनतम १३५ रुपैयाँ ११ पैसा देखि ४०५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबार कम्पनीको शेयर कारोबार हुनेछ ।

यस्तै कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एसएएचएएस कारोबार संकेत दिएको छ ।

तेह्रथुम पावर कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ८४ रुपैयाँ ७४ पैसा देखि २५४ रुपैयाँ २२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा रहेर आइतबार देखि कम्पनीको शेयर कारोबार हुनेछ ।

नेप्सले तेह्रथुम पावर कम्पनीको शेयरलाई टिपीसी कारोबार संकेत प्रदान गरेको छ ।

 

 




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।