खुलेको दुईदिनमै बन्द भयो लाइसेन्स आवेदन, विभाग भन्छ‘ प्राविधिक समस्या देखियो’

Oct 28, 2021 03:38 PM merolagani



यातायात व्यवस्था विभागले नयाँ लाइसेन्सका लागि खुलाएको चालक अनुमति पत्रको आवेदन पुनः बन्द गरेको छ । प्राविधिक समस्या आएको भन्दै विभागले बिहीबारदेखि नयाँ आवेदन रोकेको हो ।

विभागले गत मंगलबार ९ गतेदेखि लाइसेन्स आवेदन खोलेको थियो ।तर, विभागले लाइसेन्स आवेदन अनलाइन प्रणालीलाई दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा पटक पटक समस्या देखिदै आएको छ ।

बिहीबार यातायात विभागले निकालेको सूचनमा भनिएको छ‘ अनलाइन लाइसेन्स आवेदनमा केही प्राविधिक समस्या आएको कारण मर्मतका लागि बन्द गरिएको छ । यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौं’ ।

करिब ६ महिना पछि नयाँ चालक अनुमाति पत्रका लागि नयाँ आवेदन खुलेको थियो । प्राविधिक समस्या आएको भनिएको अनलाइन प्रणाली कहिले सुचारु हुने टुङ्गो छैन ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।