खुलेको दुईदिनमै बन्द भयो लाइसेन्स आवेदन, विभाग भन्छ‘ प्राविधिक समस्या देखियो’

Oct 28, 2021 03:38 PM merolagani



यातायात व्यवस्था विभागले नयाँ लाइसेन्सका लागि खुलाएको चालक अनुमति पत्रको आवेदन पुनः बन्द गरेको छ । प्राविधिक समस्या आएको भन्दै विभागले बिहीबारदेखि नयाँ आवेदन रोकेको हो ।

विभागले गत मंगलबार ९ गतेदेखि लाइसेन्स आवेदन खोलेको थियो ।तर, विभागले लाइसेन्स आवेदन अनलाइन प्रणालीलाई दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा पटक पटक समस्या देखिदै आएको छ ।

बिहीबार यातायात विभागले निकालेको सूचनमा भनिएको छ‘ अनलाइन लाइसेन्स आवेदनमा केही प्राविधिक समस्या आएको कारण मर्मतका लागि बन्द गरिएको छ । यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौं’ ।

करिब ६ महिना पछि नयाँ चालक अनुमाति पत्रका लागि नयाँ आवेदन खुलेको थियो । प्राविधिक समस्या आएको भनिएको अनलाइन प्रणाली कहिले सुचारु हुने टुङ्गो छैन ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।