गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Nov 09, 2021 08:09 AM Merolagani



कात्तिक २३ गते मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को शेयरमूल्य समायोजन गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको ५.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६१८ रुपैयाँ १ पैसा कायम भएको छ। इन्स्योरेन्सले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६५२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

मंगलबार यही समायोजित मूल्यका आधारमा इन्स्योरेन्सको कारोबार खुल्नेछ।

इन्स्योरेन्सले मंसिर १० गते आफ्नो प्रधान कार्यालय, श्री राज भवन, तीनकुनेमा सो एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिनेछ।

सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँ रहेको छ। ५.५० प्रतिशतका दरले १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ८ करोड ७२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।