हाइड्रोपावर कम्पनीहरुको त्रैमासिक विवरणः २३ वटाले करोडमाथि नाफा कमाउँदा, ७ वटा घाटामा,अन्य सूचक कस्तो?

Nov 21, 2021 11:08 AM Merolagani

पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका ३८ वटा हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा औसतमा ७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन्।

प्रकाशित वित्तीय विवरण अनुसार २३ वटा हाइड्रोपावरले १ करोड रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् भने ७ वटा हाइड्रोपावर घाटामा देखिएका छन्। सूचीकृतमध्ये ७ हाइड्रोपावर कम्पनीले हालसम्म विद्युत उत्पादन थालेका छैनन्।

  • अपरले कमायो सबैभन्दा धेरै नाफा

भर्खरै मात्र बिद्युत उत्पादन थालेको अपर तामाकोशी हाइड्रोपावरले चालुृ आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै ८६ करोड रुपैयाँ नाफा कमाएको छ। यस्तै रिद्धि हाइड्रोपावरले पनि ४५ करोड रुपैयाँ नाफा कमाएको छ भने माउन्टेन इनर्जीले २९ करोड रुपैयाँ नाफा कमाएको छ।

यस अवधिमा शिवश्री हाइड्रोपावर सबैभन्दा धेरै १० करोड रुपैयाँले घाटामा रहेको छ भने घलेम्दी हाइड्रोपावर पनि २ करोड रुपैयाँले घाटामा छ।

  • चुक्ता पूँजी अपरको धेरै, जगेडामा चिलिमे अगाडि

असोज मसान्तसम्ममा अपर तामाकोशीको चुक्ता पूँजी सबैभन्दा धेरै १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने दिब्यश्वरी हाइड्रोपावरको सबैभन्दा कम २६ करोड रुपैयाँ रहेको छ।

जगेडा कोषमा भने हाइड्रोपावर कम्पनीहरुमा चिलिमे जलविद्युतको सबैभन्दा धेरै ४ अर्ब ३ करोड रुपैयाँ छ। १३ वटा हाइड्रोपावर कम्पनीको भने जगेडा कोष ऋणात्मक रहेको छ।

  • ७ हाइड्रोपावरको छैन विद्युत बिक्री आम्दानी

असोजसम्ममा ७ वटा हाइड्रोपावरले विद्युत उत्पादन थालेका छैनन्। हाल विद्युत उत्पादन गर्न सुरु गरिसकेका कम्पनीहरुमा अपर तामाकोशीले विद्युत बिक्रीबाट सबैभन्दा धेरै १ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ भने घलेम्दी हाइड्रोको १ करोड ८० लाख रुपैयाँ मात्रै रहेको छ।

  • रिडी हाइड्रोपावरको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै

पहिलो त्रैमासमा रिडी हाइड्रोपावरको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ३११ रुपैयाँ १२ पैसा रहेको छ। त्यस्तै माउन्टेन इनर्जीको पनि ५९ रुपैयाँ ६४ पैसा रहेको छ भने पाँचथर पावरको १०६ रुपैयाँ ३ पैसा रहेको छ। ७ वटा बढी कम्पनीको प्रतिशेयर आम्दानी नकारात्मक छ।

यस्तै प्रतिशेयर नेटवर्थमा पनि रिडी हाइड्रोपावर सबैभन्दा अगाडि छ। उसको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ८४ पैसा छ भने चिलिमेको पनि १६४ रुपैयाँ रहेको छ।

  • बजार मूल्य माउन्टेन इनर्जीकाे सबैभन्दा धेरै, मूल्य आम्दानी अनुपात रिडीको सबैभन्दा कम

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये माउन्टेन इनर्जीकाे शेयरमूल्य सबैभन्दा धेरै प्रतिकित्ता १ हजार १७० रुपैयाँ रहेको छ भने दिब्यश्वरी हाइड्रोपावरको सबैभन्दा कम प्रतिकित्ता ३४१ रुपैयाँ छ।

यसैगरी मूल्य आम्दानी अनुपात भने रिडी हाइड्रोपावरको २ गुणा मात्रै रहेको छ भने युनिभर्सल पावरको सबैभन्दा धेरै २४४ गुणा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।