मेट लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क एक अर्ब ३० करोड माथि, नाफा भने घट्यो

Nov 21, 2021 12:50 PM Merolagani



मेट लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षका पहिलो त्रैमासमा एक अर्ब ३० करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा १३ करोड ४९ लाख रुपैयाँले बढी हो ।

गत वर्षको पहिलो त्रैमासमा कम्पनीले एक अर्ब १६ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले यस अवधिमा पुर्नबीमा कमिशन वापत २ करोड ९८ लाख, लगानी, कर्जा तथा अन्य आम्दानीबाट ४२ करोड ४९ लाख रुपैयाँ र बीमालेख धितोमा ९७ करोड ८९ लाख रुपैयाँ लगानी गरी ३ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा भने घटेको छ । कम्पनीको खुद नाफा ७९ लाख ८७ हजार रुपैयाँले घटेर ६ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी नखुलाएको इन्स्योरेन्सको जगेडा कोष २ अर्ब ७४ करोड रुपैयाँ, जीवन बीमा कोषमा १९ अर्ब ७४ करोड ४५ लाख रुपैयाँ र महाविपत्ती कोषमा २७ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले १२ लाख १९ हजार ६४९ बीमालेख जारी गरी कूल १ अर्ब ३५ करोड १४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेको छ ।

इन्स्योरेन्सले यस अवधिमा २ हजार ७१३ दाबी वापत १ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६२२ दाबीका लागि ७४ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी छ ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।