चिनियाँ इन्टरनेट नेपालमा प्रभावकारी भएन, भारतसँग व्यान्डवीथ आयातको एकाधिकार तोडिएको भन्नु बेकार

Nov 23, 2021 11:34 AM Merolagani



युवराज बस्नेत
नेपालसँग व्यवसायिक रुपमै चिनियाँ इन्टरनेट नेटवर्क जोडिए पनि चीनबाट व्यान्डवीथ भित्र्याउन थालिएको चारवर्षसम्म कुनै उपलब्धि देखिएकाे छैन। यसले चिनियाँ इन्टरनेटको प्रभावकारितामै प्रश्न उठ्न थालेको छ।

नेपाल टेलिकमले २०७४ पुसमा तत्कालीन सञ्चारमन्त्री मेाहनबहादुर बस्नेत र तत्कालीन प्रवन्ध निर्देशक कामिनी राज भण्डारीकाे पहलमा केरुङ नाकाबाट व्यान्डवीथ भित्र्याइएको थियो। यसबाट भारततर्फको व्यान्डवीथ आयातको एकाधिकार तोडिएको बताइएको थियो।

तर, चिनियाँ इन्टरनेटसँग जोडिएको लामो समय भइसक्दा पनि व्यान्डवीथ थप्न र नेटवर्क विस्तारमा टेलिकम चुकिरहेको छ।

सुरुमा चीनबाट नेपाल टेलिकमले इन्टरनेट भित्र्याउदा २.८ गिगाविट्स् पर सेकेन्ड (जीबीपीएस) जीबी व्यान्डवीथ आयात गरेको थियो। उक्त व्यान्डवीथ ल्याए पनि अहिलेसम्म थप व्यान्डवीथ ल्याउन सकेको छैन।

नेपालमा पछिल्लो समय भारतबाट मात्रै ९० प्रतिशत व्यान्डवीथ आयात हुने गरेको छ। नियामक दूरसञ्चार प्राधिकरणले पनि चीनतर्फबाट जोडेको इन्टरनेटमा कुनै प्रभावकारी नदेखे पछि चासो देखाउन थालेको छ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले केरुङ नाकाबाट २ किलोमिटर वारी पटक पटक पहिरोले अवरुद्ध हुने गरेको र त्यसलाई पुनः कनेक्सन गर्न तत्काल सम्भव नहुने समस्याले हाल चीन तर्फको इन्टरनेट प्रभावकारी हुन नसकेको बताए।

‘त्यसको विकल्पमा तातोपानी नाकाबाट व्यान्डवीथ आयात गरिएको थियो, त्यहाँ पनि सडक अवरुद्ध, हिँउले पहिरो तथा भौगालिक बिकटताले नेटवर्क पूर्णरुपमा खराब भयो,’ उनले भने, ‘एउटा मात्रै नेटवर्क बनाउँदा प्रभावकारी नहुने भएकाले पहिलाकै क्षमतामा ल्याउन समेत कठिन भइरहेको छ’।

उनका अनुसार अब तातापानी नाकाबाट नेटवर्क बनाउने काम भइरहेको छ। जसका लागि चाइनिजहरुसँग इन्टरकनेक्सनको लागि छलफल जारी  छ।

सडक सञ्जाल स्थायी नहुँदा चीन तर्फको व्यान्डवीथ निरन्तर ल्याउन नसकेको टेलिकमको जिकिर छ। २०७४ सालमा नेपाल चीन क्रस बोर्डर अप्टिकल फाइबर लिङ्कको व्यवसायिक सुरुवातले भारतीय व्यान्डवीथ आयात एकाधिकार अन्त्य भएको घोषणा समेत भएको थियो।

प्रवन्ध निर्देशक अधिकारीले भने, ‘केरुङ र तातोपानी नाकाबाट हङकङ ‘पियरिङ’ मार्फत ठूलो क्यापासिटिमा व्यान्डवीथ भित्र्याउन सकिन्छ’।

ग्लोबल कनेक्टिभिटिमा खासगरी युरोप अमेरीका, चीन, कोरिया, जापानको व्यान्डवीथ डेटा लिनको लागि हङकङ प्रभावकारी हुन्छ। इन्टरनेटमा लेटेन्सी भन्ने टर्म हुन्छ जुन जति कम भयो नेटवर्क उतिनै कम हुन्छ।

नेपालका लागि हङकङ नेटवर्क प्रभावकारी हुने भएकाले चीन तर्फको इन्टरनेट आवश्यक रहेको प्रवन्ध निर्देशक अधिकारीको भनाई छ।

हाल नेपालका सबै इन्टरनेट सेवाप्रदायक र नेपाल टेलिकमले बीएसएनएल, एयरटेल र टाटासँगबाट व्यान्डवीथ किन्दै आएका छन्। चीनतर्फबाट आउने ब्यान्डविथ भने हङकङ स्थित ट्रान्समिसन केन्द्रबाट चाइना टेलिकम्युनिकेसनले स्थलमार्गबाटै सोझै केरुङसम्म ल्याएको छ।

भारतसँगको २६ वर्षे इन्टरनेट व्यान्डवीथको एकाधिकार तोडिएपनि चिनियाँ इन्टरनेटको प्रभावकारी नहुँदा अझै भारतसँगै निर्भर हुन पर्ने बाध्यता छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।