खुद बीमा शुल्कमा शीर्ष स्थानमा रहेको नेपाल लाइफकाे नाफा घट्याे,नेप्सेमा सूचीकृत कुन कम्पनी कस्तो?

Nov 22, 2021 05:51 PM Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफले खुद नाफा बाहेक अधिकाँश सूचकमा आफ्नो अग्रता कायमै राख्न सफल भएको छ । जीवन बीमा क्षेत्रमा क्रियाशील र शेयर बजारमा सूचीकृत मध्ये नेपाल लाइफ धेरै अगाडि छ ।

तर कम्पनीले शेयर नोक्सानी वापत १८ करोड ८ लाख रुपैयाँ छुट्याउँदा खुद नाफा भने उल्लेख्य घटेको छ । खुद नाफा आर्जन गर्ने जीवन बीमा कम्पनीहरुको सूचीमा नेपाल लाइफ पुच्छारमा रहेको छ ।

चुक्ता पूँजी सबैभन्दा धेरै ७ अर्ब १९ करोड रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा मात्रै अग्रता राख्न सकेको छ । जगेडा कोषमा नेपाल लाइफलाई युनियन लाइफले उछिन्दा खुद नाफामा भने प्राइम लाइफले लिड गरेको छ ।
अधिकांश सूचकमा नेपाल लाइफले लिड गर्दा नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरु रिलायन्स

लाइफ, प्रभु लाइफ र गुराँस लाइफ कमजोर देखिएका छन् । पुराना कम्पनीहरुको तुलनामा रिलायन्स र प्रभु लाइफ भने नयाँ भएकोले कमजोर देखिएको हो ।

पुराना कम्पनीहरूमा भने गुराँस लाइफ इन्स्योरेन्स कमजोर देखिएको छ । यस कम्पनीको चुक्ता पूँजी पनि सबैभन्दा कम १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफ पछि नेशनल लाइफको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । यस्तै, प्राइम, सुर्या, एलआइसी नेपाल, ज्योति लाइफ, युनियन लाइफ, रिलायन्स लाइफ, एशियन लाइफ र प्रभु लाइफले न्यूनतम २ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी पुर्याएका छन्

खुद बीमाशुल्क २७ अर्ब माथि, नेपाल लाइफको मात्रै करिब १० अर्ब योगदान

नेप्सेमा सूचीकृत ११ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कूल २७ अर्ब ६ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । त्यसमा नेपाल लाइफको मात्रै ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

यस्तै, एलआइसी नेपालले ५ अर्ब २२ करोड रुपैयाँ, नेशनल लाइफले ३ अर्ब ४४ करोड, युनियन लाइफले १ अर्ब ८३ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ५७ करोड, प्राइम लाइफले १ अर्ब १७ करोड, सूर्या लाइफले १ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । बाँकी कुनै पनि बीमा कम्पनीहरुको खुद बीमाशुल्क भने अर्ब नाघेको छैन् ।

सबै भन्दा कम खुद बीमाशुल्क आर्जन गर्नेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्रभु लाइफले ५५ करोड ६३ रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ ।

खुद नाफा ७० करोड पुग्यो, प्राइम लाइफको मात्रै साढे १२ करोड

नेप्सेमा सूचीकृत ११ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा प्राइम लाइफ इन्स्योरेन्स रहेको छ । प्राइम लाइफले यस अवधिमा १२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

त्यसपछि, सूर्या लाइफले ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, एशियन लाइफले ९ करोड ६२ लाख, ज्योति लाइफले ९ करोड २२ लाख र नेशनल लाइफ इन्स्योरेन्सले ८ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

सबै भन्दा कम नाफा आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले यस अवधिमा ७० लाख ३३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ ।

जीवन बीमा कोष नेपाल लाइफ र जगेडा कोषमा युनियन लाइफ मजबुत

जीवन बीमा कोषमा नेपाल लाइफ इन्स्योरेन्स र जगेडा कोषमा युनियन लाइफ इन्स्योरेन्स मजबुत देखिएको छ । जीवन बीमा कोषमा नेपाल लाइफको सबै भन्दा धेरै १ खर्ब १८ अर्ब ७५ करोड रुपैयाँ र जगेडा कोषमा युनियन लाइफको सबैभन्दा धेरै १ अर्ब १२ करोड रुपैयाँ सञ्चित रहेको छ ।

यस्तै, नेपाल लाइफ पछि जीवन बीमा कोषमा एलआईसी नेपालको ८३ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ । जगेडा कोषमा भने युनियन लाइफ पछि एशियन लाइफको ९८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।

जीवन बीमा कोषमा सबै भन्दा कम प्रभु लाइफको २ अर्ब ३० करोड रुपैयाँ मात्रै रहेको छ भने जगेडा कोषमा रिलायन्स लाइफको २६ करोड ३४ लाख रुपैयाँ मात्रै सञ्चित रहेको छ ।

प्रतिशेयर आम्दानीमा प्राइम लाइफ अगाडि

प्रतिशेयर आम्दानीमा प्राइम लाइफ इन्स्योरेन्स अघि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम लाइफ इन्स्योन्स प्रतिशेयर आम्दानी सबै भन्दा धेरै २० रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तै, सूर्या लाइफको २० रुपैयाँ ४ पैसा, एशियन लाइफको १९ रुपैयाँ १२ पैसा र ज्योति लाइफको १६ रुपैयाँ ७८ पैसा रहेको छ ।

सबै भन्दा कम प्रतिशेयर आम्दानी भने नेपाल लाइफ इन्स्योरेन्सको ३९ पैसा मात्रै रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।