गणपति लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Nov 23, 2021 11:35 AM Merolagani



गणपति लघुवित्त (GMFBS) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ।

लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। सो लाभांश वितरणको लागि केन्द्रिय बैंकले स्वीकृति प्रदान गरेको हो।

उक्त लाभांश अक लघुवित्तको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।