लाभांश प्रस्ताव पारित गर्न सबैको लघुवित्तले डाक्यो साधारण सभा

Nov 24, 2021 08:47 AM Merolagani



सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड (SABSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न लघुवित्तले पुस ३ गते शनिबार, बन्दिपुर माउन्टेन रिसोर्ट, बन्दिपुरमा पाँचौ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंसिर १७ गतेदेखि पुस ३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँ रहेको छ। ३१.०५ प्रतिशतका दरले ६ करोड ३९ लाख ७२ हजार ७५० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्नेछ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।