तीन कम्पनीको शेयरमूल्य समायोजन

Nov 26, 2021 08:09 AM Merolagani



मंसिर १० गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ।

यस दिन नेप्सेले बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंक अफ काठमाण्डूको १० प्रतिशत, प्राइम लाइफको १५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंक अफ काठमाण्डूको शेयरमूल्य ३१० रुपैयाँ, प्राइम लाइफको ७५६ रुपैयाँ ५२ पैसा र स्ट्याण्डर्ड चार्टर्डको ४८६ रुपैयाँ ४५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार बैंक अफ काठमाण्डूको शेयर प्रतिकित्ता ३४१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने प्राइम लाइफको ८७० रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्डको ५३५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

बैंक अफ काठमाण्डू (BOKL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित मंसिर २९ गते बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठानमा २७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभामा भर्चुअल माध्यमबाट समेत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सो सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (SCB) ले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित गरी ३.०६ प्रतिशत नगद लाभांश गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पातिर गर्न बैंकले मंसिर २८ गते, मंगलबार, आफ्नो प्रधान कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा ३५ औँ वार्षिक साधारण सभा डाकेको छ।

सो सभा बिहान १० बजे शुरु हुनेछ। कोभिड १९ महामारीको विशेष परिस्थितिलाई ध्यानमा राखी बैंकले सो सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट सम्पन्न गरिने जनाएको छ।

सभाले बैंकको प्रबन्धपत्रको दरमा संशोधन स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न मंसिर १९ गते दिनको २ बजे चौधौं वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले हाल काम चुक्ता पूँजी २ अर्ब ४१ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि १ करोड ९० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

आइतबार यही समायोजित मूल्यको आधारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।