एमएडब्ल्यु र गोल्छा ग्रुपले नेपाल ल्याउदै यी दुई मोटरसाइकल, कुन कस्तो ?

Nov 27, 2021 05:53 PM Merolagani



मोटरसाइकल पारखीका लागी दुई अटो मोबाइलस् कम्पनीले नेपाली बजारमा नयाँ मोटरसाइकल ल्याउने भएका छन् ।

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारीक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज र बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक गोल्छा ग्रुपले क्रमशः एफजेट एक्स १५० र बजाज पल्सर २५० सेग्मेन्टका मोटरसाइकल भित्र्याउने भएका हुन् । भारतीय बजारमा यी दुवै मोटरसाइकल केहि महिना अघि मात्रै सार्वजनिक भएका थिए ।

कस्तो छ यामाहा एफजेट एक्स १५० ?

यो मोटरसाइकल एफजेट एक्स भी ३ मा आधारित भएर डिजाइन गरिएको छ । खासगरी एफजेड एक्स मोटरसाइकलमा एलइडी हेड ल्याम्प,ब्लुटुथ कनेक्टिभिटी सिंगल च्यानल एबीएस , कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन,दुबै चक्कामा डिस्क ब्रेक, फुल डिजिटल इन्ट्रुमेन्ट लगायतका फिचर उपलब्ध रहेको बताइएको छ ।

एफजेड एक्स मोटरसाइकलमा १४९ सीसी क्षमताको एफआई इन्जिन राखिएकाे छ जसले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यो मोटरसाइलको मूल्य साढे तीन लाख माथिनै रहने अनुमान गरिएको छ ।

एमएडब्ल्युका अध्यक्ष विष्णु अग्रवालले भारतीय बजारमा नै एफजेट एक्सको डिमान्ड धेरै रहेकाले अन्य देशमा यो मोटरसाइलक विक्री खुल्ला गरि नसकेको बताए । ‘हामी नेपाली बजारमा यो मोटरसाइकल भित्र्याउन लागि परेका छौं’ उनले भने ‘ सम्भवत फागुन भित्रै ल्याउने तयारी छ’ ।


पल्सर २५०

त्यस्तै बजाजले पनि पल्सर २५० नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ । यो बाइकमा २४९.०७ सीसी सिङ्गल सिलिन्डर फोर स्ट्रक इन्जिन राखिएकाे छ । एफआई प्रविधिमा आधारीत पल्सर २५०मा राखिएको इन्जिनले ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम पिक टर्क दिन्छ ।

५ स्पिड गिएर बक्स समेत दिइएको छ । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ४ महिना भित्र नेपाली बजारमा पल्सर २५० नेपाल आइपुग्ने बताए । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य साढे चारलाख माथिनै पर्ने अनुमान गरिएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।