बक्यौता तिर्न नसकेपछि दोस्रोपटक खारेजीमा पर्यो सुमार्गीको हेलो नेपाल, पुनरावेदनमा जाने पक्का

Nov 28, 2021 11:20 AM Merolagani



व्यवसायी अजय सुमार्गीको टेलिकम कम्पनी हेलो नेपाल खारेजीमा परेको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता तिर्न नसकेपछि प्राधिकरणले दोस्रो पटक हेलो नेपालको अनुमति पत्र रद्द गरेको हो ।

सरकारले बक्यौता तिर्न पटक पटक सुविधा दिएपनि नेपाल स्याटेलाइट टेलिकमले बक्यौता तिर्न आनाकानी गरेपछि दूरसञ्चार ऐन बमोजिम अनुमति पत्र खारेज गरेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।

प्राधिकरणले यस अघि कार्तिक पहिलो हप्ता हेलो नेपाललाई किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ चित्तबुझ्दाे नआएपछि शुक्रबारको बोर्ड बैठकले हेलो नेपाल खारेज गरेको उनको भनाई छ ।

यस अघि पनि गत बर्ष पुसमा खारेजीमा परेको स्याटेलाइट टेलिकमलाई केपी ओली नेतृत्वको सरकारले संरक्षण दिँदै किस्ता सुविधा उपलब्ध गराएको थियो ।

खारेजीमा परे पनि हेलो नेपाल पुनः सञ्चार मन्त्रालयमा ३५ दिन भित्र पुनरावेदन निवेदन लिएर जाने छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट मानिएका सुमार्गीको हेलो नेपाललाई सरकारले संरक्षण दिने संभावना प्रवल छ ।

प्राधिकरणका अनुसार नेपाल स्याटेलाइट टेलिकमले सरकारलाई विभिन्न शीर्षकमा ३ अर्ब तिनुपर्ने छ । स्याटेलाइट टेलिकमले विगत ४ बर्षदेखि प्राधिरणलाई बक्यौता तिर्न सकेको छैन ।

कम्पनीले अघिल्लाे सरकारले उपलब्ध गराएकाे ६ ओटा किस्ता सुविधा अनुसार गत २०७७ सालमा एक अर्ब ५ करोड र दोस्रो किस्ता बमोजिम२०७८ असार मसान्त भित्र करिब ३५ करोड रुपैयाँ तिर्नुपर्ने थियो ।

तर, सो रकम नतिरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको थियो। तर, प्राधिकरणले पटक पटक ताकेता गरे पनि शक्तिको आड पाएपछि शुल्क अहिलेसम्म बुझाएको छैन । कम्पनीले अहिले कुनै सेवा उपलब्ध गराएको छैन भने एक जना पनि ग्राहक छैनन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।