लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी विकास बैंकले डाक्यो साधारण सभा

Dec 03, 2021 10:18 AM Merolagani

लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर, ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न बैंकले पुस ९ गते, आफ्नो केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा जुम मिटिङ्ग मार्फत ११ः१५ बजेदेखि सञ्चालन गरिनेछ।

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।