बुधबार २८० जना कोरोना संक्रमित थपिदा ३६६ जना कोरोनामुक्त

Dec 08, 2021 08:42 PM Merolagani



बुधबार देशभरमा २८० जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १२ हजार ७४ कुल परीक्षणमा सो पुष्टि भएको हो । ९ हजार १६८ पीसीआर परीक्षणमध्ये २५५ जनामा र तीन हजार ६ एन्टिजेन परीक्षणमध्ये २५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६६ जना कोरोनामुक्त भएका छन् । सोहि अवधिमा संक्रमणका कारण दुई जनाको निधन भएको छ ।

आज काठमाडौंमा १०० जना, ललितपुरमा ३१ जना र भक्तपुरमा १५ थपिएका संक्रमित थपिएकाे मन्त्रालयले जनाएकाे छ ।  नेपालमा अहिले ६ हजार २३९ जना सक्रिय संक्रमित छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।