लाभांश र मर्जर प्रस्ताव पारित गर्न सूर्योदय लघुवित्तले डाक्यो साधारण सभा

Dec 09, 2021 10:15 AM Merolagani

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBS) ले लाभांश वितरण तथा मर्जर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले पुस १६ गते सहयात्री पार्टि प्यालेस गुडिखोला, स्याङ्जामा नवौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सो सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने, वोमी लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुने, मर्जपश्चात लघुवित्तको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था कायम गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। यसका साथै, गाभिएपश्चात गठन हुने सञ्चालक समितमा लघुवित्तको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु तोक्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यद्यपि मर्जर प्रयोजनार्थ लघुवित्तको शेयर कारोबार हाल बन्द रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।