अर्थमन्त्रीले लगानीकर्तालाई भेट्नै मानेनन्, अब बजार घटेको पीडा कसलाई कहने ? आखिर किन भाग्दै छन् अर्थमन्त्री

Dec 09, 2021 04:31 PM Merolagani

सुधा देवकोटा

शेयर बजारलाई सर्वसाधारण अनुकूल बनाउनको लागि भएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका अर्थमन्त्री जनार्दन शर्मा अहिले बजारको समस्या लिएर जाने लगानीकर्तासँग भाग्न थालेका छन्। 

लगातार भेट गर्न समय मागिरहेका लगानीकर्ताहरूलाई भेट्ने समय मिलाउँदै छौ भन्ने जस्ता सामान्य उत्तर दिएर अर्थमन्त्री लगानीकर्ताबाट भाग्न थालेका हुन्।

गत सोमबारदेखि लगानीकर्ताले अर्थमन्त्रीलाई भेट्न खोजिरहेका छन्। उनीहरूले अर्थमन्त्रीलाई भेट्न भन्दै उनका स्वकीय सचिवसँग तारम्तार सम्पर्क गरिरहेका छन्। यस अघि सजिलै समय दिएका अर्थ मन्त्रीले यस पटक पनि सहजै भेट देलान् भन्ने अपेक्षा लगानीकर्ताको थियो। सोही अपेक्षा अनुरूप नै उनीहरूले गत सोमबार नै अर्थमन्त्रीलाई भेट्ने बताएका थिए। तर उक्त दिन अर्थमन्त्रीले लगानीकर्तालाई समय नै दिएनन्। त्यस दिन समय नदिएका अर्थमन्त्रीले मंगलबार समय देलान् भन्ने अपेक्षा लगानीकर्ताको थियो। किनकि यस अघि भेट गर्न लगानीकर्ताले खासै कसरत गर्नु परेको थिएन। फेरि भेटमा अर्थमन्त्रीले शेयर बजारलाई सर्वसाधारण अनुकूल बनाउनको लागि बजारमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता समेत गरेका थिए। सोही कुरा स्मरण गर्दै मन्त्रीले सजिलै भेट देलान् भन्ने उनीहरूको अनुमान थियो। तर मन्त्रीले सबै लगानीकर्ताको अपेक्षा विपरीत चिसो पानी खन्याइदिए। 'शेयर बजारमा हाल भइरहेको समस्या अर्थमन्त्रीलाई जानकारी गराउन लगानीकर्ताहरूले ठूलै संर्घष गर्नु परिरहेको छ। पछिल्लो चार दिनदेखि भेट्नको लागि डेलिगेसन जाँदा मन्त्रीले भेट गर्ने समय दिनु भएन' नेपाल इभेष्टर फोरमका अध्यक्ष तुलसी राम ढकालले मेरोलगानीसँग भने।

 भेटमा लगातार घटिरहेको बजार, शेयर बजारमा उत्पन्न समस्याको सुनुवाइ गर्ने निकाय नै प्रमुख विहीन भएको अवस्था, मन्त्रीले यस अघिको भेटमा लगानीकर्तासँग गरेको प्रतिबद्धताको विषयका बारेमा अवगत गराउने उनीहरूको योजना थियो। तर मन्त्रीले समय नै दिएनन्। जति पटक उनीहरूले समय माग्दा पनि समय मिलाउँदै छौ भन्ने उत्तर आउन थालेपछि लगानीकर्ताले मन्त्रीलाई भेटेर बजार घटेको पीडा कहने योजना पनि लगभग समाप्त भएको छ।

मन्त्री भेट्ने योजनाले अन्य कार्यक्रम समेत रोकेर बसेका सङ्गठित लगानीकर्ताका सदस्यहरू लाखा पाखा लाग्न थालेका छन्। बिहीबार मात्रै अध्यक्ष ढकाल पोखरा तिर हानिएका छन्। मुक्तिनाथ बैंकको कार्यक्रममा सहभागी हुन भन्दै उनी पोखरा तिर लागेका हुन्। मन्त्रीसँग समय लिने जिम्मेवारी उनले पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेललाई सुम्पेका छन्। 'खै हामीले धेरै पटक प्रयास गर्दा पनि समय पाउन सकेनौ। समय लिने जिम्मेवारी अम्बिका जीलाई दिएर म त पोखरा जाँदै छु' ढकालले भने।  

१८ घण्टा लोडसेडिङ खेपिरहेको मुलुकमा नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशनको रूपमा कुलमान घिसिङलाई भित्राएर लोडसेडिङ अन्त्य गरेकाे जस लिएका मन्त्री शर्मासँग बजार सुधारको लागि पनि कुलमान घिसिङ जस्तै ऊर्जावान् व्यक्ति भित्राउने आम लगानीकर्ताको अपेक्षा रहेको थियो। तर अहिले मन्त्री शर्माले लामो समयसम्म पनि शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज प्रमुख विहीन हुँदा पनि त्यस तर्फ ध्यान पुर्‍याउन सकेका छैनन्। उल्टै बजारका समस्या लिएर भेट गर्न जाने लगानीकर्ताहरूलाई समेत भेट गर्न चाहिरहेको अवस्था छैन।

बिस्तारै फड्को मार्दै गएको बजारमा प्रत्येक दिन चुनौतीहरू थप हुँदै गएका छन्। यस्तो अवस्थामा बजार सुधारको नयाँ योजना ल्याउनुको सट्टा भएका पुराना ५८ बुँदे सुझावमा उल्लेख भएका बुदाँहरु कार्यान्वयन समेत हुन नसक्नु दुखद पक्ष रहेको अर्का लगानीकर्ता नयन बास्तोलाको भनाई छ। भएका समस्या आफै पहिचान गरी समाधान गर्नुको सट्टा समस्या लिएर जाने लगानीकर्तालाई भेट्ने समय नदिनु अर्थमन्त्री शेयर बजार प्रति गम्भीर छैनन् भन्ने ठहरिएको बास्तोलाले बताए।

अर्थमन्त्रीका तर्फबाट भेटका लागि गरिएको तुच्छ व्यवहारले शेयर बजारका लगानीकर्ता रुष्ट देखिएका छन्। उनको पछिल्लो व्यवहारले लगानीकर्ता बीच रहेको उनको छवि बिस्तारै धमिलिन थालेको छ। 'मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले मार्जिन ल्यान्डिङमा कडाइ गर्‍यो। मौद्रिक नीतिमा गरिएको व्यवस्थाले बजारलाई असर पार्ने काम गरे सच्चाउने प्रतिबद्धता पनि अर्थमन्त्री गरेका थिए। मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा पनि उक्त व्यवस्था सच्चिएर आएन। लगानीकर्ताको मनोभावनामा ठेस पुगेको छ। शेयर बजार अर्थतन्त्रको ऐना हो। जुन कुरा अर्थमन्त्रीले हेक्का राखेनन्। यसको हिसाब समयले गर्छ नै'  बास्तोलाले भने।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।