एक अर्ब भन्दा बढी शेयर ऋण चलाएका दीक्षान्त बजारबाट निस्कँदै, २१ वर्षीय बानियाँले शेयर बजार छोड्न सक्लान् ?

Jan 05, 2022 05:49 PM merolagani

सुवास निरौला

नेपालमा सबैभन्दा बढी शेयर ऋण चलाउनेहरूका सूचिमा रहेकाहरू मध्येका एक ठूला लगानीकर्ता दीक्षान्त बानियाँ शेयर बजारबाट निस्कने तयारीमा छन्।

आउने केही समयमा नै आफ्नो पोर्टफोलियो शून्य बनाएर बजारबाटै बिदा हुने तयारीमा रहेको बानियाँँले बताएका छन्। “सबै शेयरहरू बिक्री गरेर अहिले म बजारबाटै निस्कने तयारीमा छु” बानियाँँले मेरो लगानीसँग भने।

 

बानियाँँका अनुसार पछिल्लो समय सबै जसो ऋण घटाउँदै लगेका छन्। एक अर्ब भन्दा बढी शेयर धिताेमा ऋण लिएका बानियाँँको ऋण अहिले २५ करोड रुपैयाँमा झरिसकेको छ। नवीकरण गर्ने समय नजिकिँदै गर्दा बाँकी रहेको सबै ऋण तिर्ने तयारीमा बानियाँँ छन्। उनले यति बेला शेयर किन्ने भन्दा बढी बिक्री गरिरहेका छन्। पछिल्लो समय उनको दैनिकी नै शेयर बिक्री गर्नेमा बित्ने गरेको छ। उनी सबै ऋण शून्यमा झार्ने क्रममा छन्। “अहिले पोर्टफोलियोलाई एकदमै डाउन साइड गरेर लगभग हामी शेयर मार्केटमा नभएको जस्तो नै गरिसक्याै‌‌” बनियाले भने।   

शेयर बजारमा भविष्य देखेर आक्रामक रुपमा बजार पसेका बानियाँँले पहिलो गाँसमा नै ढुङ्गा लागे जस्तो अनुभूति गरेका छन्। एकातिर उनको बजार यात्रा सुरु हुनु,उता नेपाल राष्ट्र बैंकले ४/१२को नीति अघि सारिदिनु नै बजारबाट बाहिर निस्कनुको मुख्य कारण रहेको बानियाँँको भनाइ छ। नेपाल राष्ट्र बैंकले शेयर बजारलाई हेर्ने दृष्टिकोण नै राम्रो नदेखेपछि उनी शेयर बजारबाट बाहिरिने निर्णयमा पुगेका हुन्। “राष्ट्र बैक पनि मार्केटप्रति नेगेटिभ देखियो। अर्कोतर्फ लिक्विडिटि पनि उस्तै छ” बानियाँँले भने।

उनी उद्यमी लगानीकर्ता हुन्। कुनै पनि लगानीकर्ताले आफ्नो मात्रै रकमले व्यवसाय गर्नु हुँदैन भन्ने मान्यता बानियाँँको छ। बैंकको सहयोगमा व्यवसाय गर्दै आएका बानियाँँले बैंकले लगानी गर्न चाहने सेक्टर शेयर बजार नपरेपछि उनी उद्योग तर्फ मोडिदै छन्। “बैकको प्रायरोटीमा शेयर मार्केट परेन। बैंकले शेयरतिर टाइट गरेपछि हामीले अर्कोतर्फ सिफ्ट हुनै पर्‍यो नि। फेरि आफ्नो मात्रै इक्विटि हालेर बजारमा इन्भेष्टमेन्ट कसले गर्छ र फेरि अहिलेको बजारमा आफ्नो मात्रै इक्विटि हाल्ने वातावरण सही लागिराखेको छैन। बरु यही शेयर सस्तोमा पाइने बेला कुरेर बसौँ भन्ने नै निर्णयमा पुगे” बानियाँँले भने।

बानियाँँ अब उद्योग तिर मोडिने तयारीमा छन्। उनी सिमेन्ट उत्पादन र निर्माण व्यवसायमा संलग्न छन्। आउने दिनमा त्यो भन्दा बेग्लै उद्योगमा पस्ने उनको तयारी छ। तर कुन उद्योगमा लगानी गर्दै छन् भन्ने कुरा भने उनले खुलाएनन्। “कन्स्ट्रक्सन र सिमेन्ट उद्योगमा हामी पहिलेदेखि नै छौ। यति बेला भने हामी नियमित काम भन्दा अरू उद्योगहरूमा छिर्ने तयारीमा छौ। बरु नयाँ उद्योग तिर नै ठिक छ भनेर हामी उद्योग तिर नै फोकस गरिरहेका छौ” बानियाँले भने।

बानियाँ सानै उमेरमा धेरै ऋण लिएर बजार पस्ने लगानीकर्तामा पर्छन्। २१ वर्षमा  हिडिरेहका बानियाँले गत वर्ष नै एक अर्ब रुपैयाँ भन्दा बढी त शेयर ऋण नै लिएका थिए। नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा एक अर्ब रुपैयाँभन्दा बढी शेयर ऋण चलाउनेको सूचिमा ६ जना लगानीकर्ता छन्। जसमा सबैभन्दा कान्छा ऋणीमा बानियाँ पर्छन्। तर उनले शेयर बजारमा लगानी गरेकै वर्ष राष्ट्र बैंकले ४/१२ करोडको नीति अघि सार्‍यो। जसकाे चेपुवामा बानियाँ परे। तर छोटो समयमा नै मिठाे अनुभव सँगालेका बानियाँले शेयर बजारबाट गुमाउनु भने परेन । उनी औसत नाफामै रहेको बताउँछन्। राम्रा र प्रतिफल दिने कम्पनीहरूमा लगानी गरेका कारण उनी नोक्सानीमा नपरेको बताउँछन्।

ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा पढिरहेका बानियाँ घर परिवारमा चलिरहने व्यवसायिक कुराकानीबाट प्रेरित भएर शेयर बजार पसेका हुन्। सानै उमेरमा एग्रेसिभ ठूलो लगानी गरेका कारण बानियाँ छोटो समयमै शेयर बजारमा परिचित लगानीकर्ताको रुपमा आफ्नो नाम बनाउन सफल भएका छन्। तर बजारको रस पसिसेका लगानीकर्ताले शेयर बजारबाट सधैको लागि हात झिक्न नसक्ने शेयर बजारको मान्यता छ। उनी पुन: यही बजारमा फर्कन्छन् या फर्कँदैनन् भन्ने मेरो लगानीको प्रश्नमा बानियाँ भन्छन्,“यत्ति हो । यति बेला बजार डाउनट्रेन्ड मै जान्छ कि जस्तो लागेर केही समयलाई निस्कन लागेको मात्रै हुँ।”

( नाेट:  प्रस्तुत समाचारमा बानियाँकै आग्रहमा उनकाे तस्वीर गाेप्य राखिएकाे छ )

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।