छ्याङ्दी हाइड्रोपावरले माघ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने

Jan 07, 2022 08:45 AM Merolagani



छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले माघ ११ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि कम्पनीले पुस २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेकाे थियाे। यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लमजुङ्गका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत फागुन २ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।

हाल २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।