पुस मसान्तको प्रभाव बजारमा देखिएन, माघमा राम्रै उछाल आउने सम्भावना

Jan 08, 2022 11:22 AM Merolagani

  • मुक्तिबहादुर खत्री

अहिलेको अवस्थालाई हेर्ने हो भने बजार धेरै बढ्ने देखिन्छ। अहिले बजार धेरै घटेको छ। घटेपछि बढ्नै पर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले विभिन्न २० प्रकारका वस्तुहरुकाे आयातकाे लागि एलसी खाेल्दा शतप्रतिशतसम्म नगदै  मार्जिन राख्नुपर्ने भएपछि त्यता जाने पैसा यता भित्रिएको छ। व्यापारीहरुले जता बढी नाफा हुन्छ

पछिल्लो समय जुन किसिमसँग बजारमा तरलताको अभाव बढेको थियो त्याे विस्तारै सहज हुँदै आएको छ । स्थानीय निकायमा गएको पैसालाई पनि निक्षेपमा गणना गर्न मिल्ने भएपछि सिडि रेसियो घटेको अवस्था छ। विस्तारै बजारमा निक्षेप बढ्न थालेको छ । विस्तारै राजश्व संकलन पनि बढेको छ ।

यस्ता कुराहरुले बजारलाई सर्पोट गरेको देखिन्छ। विगतका वर्षहरुमा पुस मसान्तको प्रभाव बजारमा पर्ने गरेको थियो तर यसपटक मंसिरमा नै परेको देखिन्छ । ४-१२ को प्रभाव र पुसमा बजार अझै झर्न सक्ने लगानीकर्ताको आंकलनले गर्दा यसपटक लगानीकर्ताहरुले मंसिरमा नै बिक्री गरेर भुक्तानी गरिसकेको जस्तो पनि देखिन्छ । त्यसैले बजारमा पुसको प्रभाव पनि कम पर्ने भएको हो । पुस मसान्त पछि विगतका वर्षमा बढ्ने गरेको थियाे ।

अर्कोतर्फ बजारमा बैंक ब्याजदरले प्रभाव धेरै पर्ने गरेको छ । अनुभवी लगानीकर्ताले आफ्नाे लगानीलाई नाफामुखी बनाउन जोड दिने गर्छ। अब माघ महिनामा बजारले राम्रै उछाल लिन सक्ने सम्भावना पनि देखिन्छ ।

लामो समयदेखि बजार अभिवावकबिहीन अवस्थामा छ । बजारसम्बन्धी हितकर कामहरु हुन सकिरहेको छैन् । बजारमा खासै उत्साहजनक कामहरु भएको छैन् । लगानीकर्ताहरुले आधारभुत रुपमा राम्रा कम्पनीहरुको छनोट गरेर लगानी गर्नपर्ने हुन्छ । केही प्रतिशत बढेको भएतापनि नेप्से सूचक ३२ सय नजिक पुग्दा कायम भएको मूल्य भन्दा न्यून मूल्यमा रहेका छन् । त्यस्ता कम्पनीको छनोट गरेर लगानी गर्न सक्छन् ।

अहिलेको बजार हेर्दा अल्पकालीन लगानीकर्ताहरुलाई धेरै फाइदा हुन्छ जस्तो लाग्दैन्। नियामकीय तहबाट बजारलाई नीति परिवर्तन र विविध कारणले प्रभावित पार्ने कामहरु भयो । त्यसले गर्दा लगानीकर्ताहरु केही हताेत्साहित भएको देखिन्छ । माैद्रिक नीतिमार्फत गरिएको ४-१२ सम्बन्धी र अन्य बजारलाई प्रभाव पार्ने खालका जति पनि नीतिहरु छन् त्यसलाई फिर्ता गर्दा पनि लगानीकर्ताले विश्वास गर्न सक्ने अवस्था छैन् । लगानीकर्ताको बिग्रिएको मन फर्कनकाे लागि फेरी बजारमा माहाैल परिवर्तन हुनुपर्छ।

बजारको सुन्दरता नै घट्बढ हुनु हो । त्यही अनुसार बजार अहिले बढ्न थालेको हो । अहिलेको अवस्थामा कम्पनीहरुले लाभांश वितरण गर्ने समय पनि हो। त्यसले पनि केही हद्सम्म बजार बढ्नको लागि सहयोग गरेको हाे। अहिलेको अवस्थामा लगानीकर्ताहरुले दीर्घकालको लागि हेरेर लगानी गर्ने हाे भने अति नै राम्रो रहेको देखिन्छ । आधारभुत रुपमा बलिया कम्पनीहरुमा लगानी गर्दा दीर्घकालको लागि अत्यन्त राम्रो हुन्छ ।

छोटो अवधिको लागि मात्र लगानी गर्ने हो भने थोरै नाफा भएको आधारमा नै सबै शेयर बिक्री गर्न लाग्दा बजारमा पुनः त्यसको प्रभाव पर्न सक्छ । त्यसैले बजारमा लगानी गर्ने लगानीकर्ताले शेयर खरिदबिक्री गर्ने समयमा संयमित हुनुपर्छ। धैर्य गर्नुपर्छ। छोटो अवधिको लागि मात्र बजारमा लगानी गर्दा बजारमा स्थायित्व समेत हुँदैन। त्यसकारणले लगानीकर्ता पनि लगानी गर्दा अनुशासित भएर लगानी गर्नुपर्ने देखिन्छ । त्यसैगरी सबै दौडेर फेरि शेयर किन्न थाल्दा बजार बढ्छ भने त्यसैगरी बिक्री गर्दा घट्छ। बजार आम लगानीकर्ताको मनोविज्ञानमा भर पर्छ ।

तर त्यो मानोविज्ञान बढाउनको लागि सरकारको तर्फबाट कुनै कदम चालेको देखि‌ंदैन। नियामकहरुबाट लगानीकर्तालाई उत्साह गर्ने खालको कदमहरु चालिएको छैन् । नियामकले बजारप्रति चालेको सकारात्मक कदमले भन्दा पनि बजार अहिले धेरै घटेको कारणले गर्दा बजार बढेको हो ।

सूचिकृत कम्पनीहरुले राम्रो नाफा गरेका छन् । माइक्रोफाइनान्सलाई पनि राष्ट्र बैंकले कडाई गरेर मजबुत बनाएकाे छ । यो वर्ष कम लाभांश वितरण गरे पनि अर्को पटक राम्रो प्रतिफल वितरण गर्न सक्छ । त्यसकारणले अब बजारले बढ्दो गति समाउनुपर्ने हो । यो हप्ताको बजारले पनि शुभ संकेत नै देखाएको छ ।

तर बजार यस्तो संवेदनशिल छ । फेरि कुनै नयाँ समाचार बाहिरियो भने बजारको अवस्था भन्न सकिने अवस्था पनि रहँदैन । त्यसैले लगानीकर्ताहरुले सचेत भएर लगानी गर्नुपर्ने हुन्छ । लगानीकर्ताहरुले जोखिम व्यवस्थापनलाई ध्यान दिएर लगानी गर्नुपर्ने हुन्छ । बजार घट्न थालेको अवस्थामा डराउने गरी लगानी गर्नुहुँदैन।

आफ्नो क्षमता अनुसारको लगानी गरेर बजारमा विस्तारै प्रवेश गर्दा अब बजारको भविश्य सुनिश्चित हुनेछ । बजार अझै पनि पूर्णरुपमा लय समायो भन्न सकिने अवस्था थिएन। सरकारले पनि बजारलाई राम्रो हुने कदमहरु चालेको छैन ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।