प्रत्येक लगानीकर्तालाई लाभांश बापत इन्डक्सन चुलो प्रदान गर्न ऊर्जा मन्त्री भुसालकाे सुझाव

Jan 09, 2022 12:39 PM Merolagani



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक लगानीकर्तालाई लाभांश बापत इन्डक्सन चुलो वितरण गर्न आग्रह गरेकी छिन् । श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा मन्त्री भुसालले आउने आर्थिक वर्षमा संस्थाले प्रत्येक सदस्यलाई लाभांश स्वरुप इन्डक्सन चुलो प्रदान गर्न सुझाव दिएकी हुन् ।

बिजुलीको उत्पादन बढ्दै गएको र सोही अनुपातमा बिजुली खपत नबढेकोमा ऊर्जा मन्त्रालय चिन्तित भएको अबस्थामा मन्त्री भुसालको पछिल्लो प्रतिक्रिया आएको हो । अहिले नेपाल विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालय बिजुली खपत बढाउने बिषयमा बिभिन्न बिकल्पहरु अगाडि सार्दै आएको छ ।

यसैसन्दर्भमा मन्त्री भुसालले उक्त सहकारीको वार्षिक साधारणसभामा बिजुली खपत बढाउनका लागि इन्डक्सन चुलोको बिषय उच्चरण गरेकी हुन् ।

ललितपुर महानगरपालिका वडा नं १२ प्रयाग पोखरीमा अवस्थित उक्त सहकारीको वार्षिक साधारण सभा शनिबार संस्थाका कार्यकारी अध्यक्ष तीर्थलाल महर्जनको सभापतित्वमा सम्पन्न भएको हो । उक्त साधारणसभामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफुसँग भएको पैसालाई घरमा नराखी लगानी वा वित्तीय संस्थामा राखी थप पैसा आर्जन गर्न सुझाब दिए ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।