कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य समायोजन

Jan 10, 2022 08:28 AM Merolagani



पुस २६ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) को शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले बैंकको १५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ४५४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन बैंकको शेयर प्रतिकित्ता ९८७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले माघ ७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्नेछ।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत माघ २७ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।

हाल २० करोड रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५० करोड रुपैयाँ पुग्नेछ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।