गणपुरक संख्या नपुगेपछि महालक्ष्मी विकास बैंकको साधारण सभा स्थागित, कहिले बोलायो साधारण सभा?

Jan 10, 2022 09:59 AM Merolagani

पुस २५ गते हुने भनिएको महालक्ष्मी विकास बैंक (MLBL) को बीसौँ वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको छ।

सो सभा अब माघ ३ गते हुने भएको छ। सो सभा बैंकको केन्द्रिय कार्यालय, अन्नपूर्ण आर्केड २, दरबारमार्ग, काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ।

बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको बोनस शेयर र लाभांशमा लाग्ने कर सहित १.०५ प्रतिशत अर्थात तीन करोड ५१ लाख ८३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो प्रस्ताव पारित गर्न बैंकले पुस २५ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकालीमा बीसौँ वार्षिक साधारण सभा डाकेको थियो। तर, गणपुरक संख्या नपुगेका कारण साधारण सभा स्थगित भएपछि माघ ३ गते बस्ने साधारण सभाले सो प्रस्ताव पारित गर्नेछ।

सभाले लाभांश प्रस्तावका साथै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।