बीमा कम्पनीहरुलाई नगद लाभांशमा रोक लगाएपछि यसअघि प्रस्तावित गरिएकाे लाभांश के हाेला ?

Jan 12, 2022 06:00 PM Merolagani

बीमा समितिले  निर्जीवन बीमा कम्पनीहरुसँगै जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको छ । समितिले पूँजी बढाउन बोनस शेयरमा जोड दिदै नगद लाभांशमा कडाई गरेको हो ।

निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न समितिले निर्देशन जारी गरिसकेको छ भने जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिने तयारी गरिरहेको छ ।

जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिकाको तयारी गरिरहेकाले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न रोक लगाउने तयारी भइरहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मेरोलगानीलाई जानकारी गराए ।

‘जीवन र निर्जीवन बीमा कम्पनीहरुको पूँजी कम भयो । पूँजी बढाउनोस् भनेका छौं ।’ उनले भने, पूँजी बढाउनको लागि नगद लाभांश वितरण नगरी बोनस शेयर वितरणमा जोड दिन आग्रह गरेका छौं ।’

रिक्स बेसमा जानु पर्ने भएकोले पनि नगद लाभांशलाई रोकेर बोनस वितरणमा जोड दिएको उनको भनाई छ । बोनस वितरण पछि कम्पनीको क्षमता समेत मजबुत हुने उनको बुझाई छ ।

समितिले निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गरिसकेको भएपनि जीवन बीमा कम्पनीहरुलाई भने निर्देशन जारी गर्ने तयारी भएरहेको अध्यक्ष सिलवालले जानकारी गराए ।

प्रस्तावित लाभांश के हाेला?

बीमा समितिले नगद लाभांशमा कडाई गर्ने भएपछि यस अघि प्रस्तावित लाभांश के होला भन्ने चासोको विषय बनेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट निर्जीवन बीमा कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्स र हिमालय जनरल इन्स्योरेन्सले मात्रै लाभांश प्रस्ताव गरेका छन् । प्रिमियरले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नै नगद लभांश गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यस्तै हिमालयन जनरलले ६.६५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यता गत आर्थिक वर्षको मुनाफाबाट भने कुनैपनि जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरेका छैनन् । यद्दपी अघिल्लो आर्थिक वर्षको मुनाफाबाट भने ६ वटा कम्पनीहरुले मात्रै लाभांश प्रस्ताव गरेका छन् । एलआईसी नेपाल, एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफले लाभांश प्रस्ताव गरेका हुन् ।

त्यसमध्ये प्राइम लाइफ, सूर्या लाइफ र रिलायन्स लाइफले प्रस्तावित लाभांश साधारण सभाबाट समेत पारित गरिसकेका छन् ।

एशियन लाइफले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई भने बीमा समितिले स्वीकृति दिइसकेकाे छ । त्यस अनुसार एलआईसी नेपालको २० प्रतिशत बोनस शेयर १.०५ प्रतिशत नगद लाभांश पनि संशोधन नहुने देखिन्छ ।

ज्योति लाइफले भने ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद गरी १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बीमा समितिको पछिल्लो निर्देशन अनुसार बढी नगद लाभांश वितरण गर्ने प्रिमियर इन्स्योरेन्स र ज्योति लाइफको लाभांश दर संशोधन हुने देखिन्छ । समितिले नगद लाभांशमा कडाई गरेकोले प्रिमियर र ज्योतिको नगद लाभांश घट्ने देखिएको हो ।

समितिका अध्यक्ष सिलवालले कम नगद लाभांश प्रस्ताव गरका कम्पनीलाई लाभांश वितरण गर्न स्वीकृति दिइ सकेको जनकारी गराए । ‘थोरै थोरै नगद लाभांश प्रस्ताव गरेका कम्पनीहरुलाई लाभांश वितरण गर्न अनुमति दिइसकेका छौं । तर नगद लाभांश धेरै प्रस्ताव गर्ने लाई भने फर्काएको पनि छौं ।’

लाभांश स्वीकृतिको लागि समिति नै आउनु पर्ने भएकोले समितिले स्वीकृत नगरी लाभांश वितरण गर्न नपाइने उनको भनाई छ ।

 

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।