तत्कालै सी ब्यान्डको फ्रिक्वेन्सी खुल्ला नगर्ने पक्षमा दूरसञ्चार प्राधिकरण,समस्याबारे थप अध्ययन हुँदै

Jan 12, 2022 02:19 PM Merolagani



नेपाल दूरसञ्चार प्राधिकरणले सी ब्यान्डको फ्रिक्वेन्सी सञ्चालन तथा खुल्ला गर्ने बिषयमा अध्ययन गर्ने भएको छ ।

विश्वभर फाइभ जी परिक्षण तथा सञ्चालनको चर्चा चलिरहेको अवस्थामा नेपालमा पनि त्यसका लागि अावश्यक सी ब्यान्डको फ्रिक्वेन्सीको समस्या र अवरोधको बिषयमा अध्ययन गरेर मात्रै खुल्ला गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

हाल विश्वभर सी ब्यान्डको फ्रिक्वेन्सी सञ्चालनमा आइसक्दा नेपालमा खुल्ला गर्ने अथवा नगर्ने भन्ने बिषयमा निर्णय हुन सकेको छैन ।

 

हाल प्राधिकरणले सी ब्यान्डको मोबाइल फ्रिक्वेन्सीबारे प्रक्रिया अघि बढाएको छ । नेपाल दूरसञ्चार प्राधिरकणका निर्देशक अम्बर स्थापितले सी ब्याण्डको फ्रिक्वेन्सी खुल्ला गर्ने बिषयमा अध्ययन गर्न लागिएको बताए ।

उनका अनुसार विश्वभर सी–ब्याण्डले समस्या पारेको र हवाई यातायातसँग अन्तरविरोध (इन्टरफेरेन्स) आएपछि सो ब्याण्डको थप अध्ययन गर्नुपर्ने अवस्था आएको हो ।

प्राधिकरणले राष्ट्रिय फ्रिक्वेन्सी रणनीति पनि जारी गर्ने तयारी गरिरहेको छ । फाइभ जीको लागि सी ब्यान्ड अध्ययन बिनै खोल्न नसकिने स्थापितको भनाई छ ।

 

हाल प्राधिकरणले तयार पारेको फ्रिक्वेन्सी रणनीति ड्राफ्ट अन्तिम चरणमा रहेको छ । सी ब्याण्डलाई हाल खुला गर्ने पक्षमा प्राधिकरण नभएको निर्देशक स्थापितले बताए ।

युरोप तथा अमेरिकमा सी ब्यान्ड फ्रिक्वेन्सीबारे देखिएका समस्या र अवरोधको बारेमा प्राधिकरणले अध्ययन गर्ने छ । त्यसपछि मात्रै सी ब्यान्डलाई प्रथामिकता दिने प्राधिकरणको तयारी छ ।

नेपालमा हालसम्म फाइभ जी सेवा प्रयोगमा नआईसकेको भएपनि भविश्यमा आउने तयारीमा रहेको हुँदा त्यसको लागि अहिले नै सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्ने र त्यसका लागि नागरिक उड्डयन प्राधिकरणसँग पनि प्राधिकरणले छलफल प्रक्रिया अघि बढाएको छ ।

हाल नेपाल टेलिकमलाई प्राधिरकणले २६ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फाइभ जी परिक्षण अनुमति दिएको थियो । हाल टेलिकमले नेपालमा फाइभ जी परीक्षण तथा सञ्चालका लागि कमिटि बनाएर अध्ययन गरिरहेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।