तत्कालै सी ब्यान्डको फ्रिक्वेन्सी खुल्ला नगर्ने पक्षमा दूरसञ्चार प्राधिकरण,समस्याबारे थप अध्ययन हुँदै

Jan 12, 2022 02:19 PM Merolagani



नेपाल दूरसञ्चार प्राधिकरणले सी ब्यान्डको फ्रिक्वेन्सी सञ्चालन तथा खुल्ला गर्ने बिषयमा अध्ययन गर्ने भएको छ ।

विश्वभर फाइभ जी परिक्षण तथा सञ्चालनको चर्चा चलिरहेको अवस्थामा नेपालमा पनि त्यसका लागि अावश्यक सी ब्यान्डको फ्रिक्वेन्सीको समस्या र अवरोधको बिषयमा अध्ययन गरेर मात्रै खुल्ला गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

हाल विश्वभर सी ब्यान्डको फ्रिक्वेन्सी सञ्चालनमा आइसक्दा नेपालमा खुल्ला गर्ने अथवा नगर्ने भन्ने बिषयमा निर्णय हुन सकेको छैन ।

 

हाल प्राधिकरणले सी ब्यान्डको मोबाइल फ्रिक्वेन्सीबारे प्रक्रिया अघि बढाएको छ । नेपाल दूरसञ्चार प्राधिरकणका निर्देशक अम्बर स्थापितले सी ब्याण्डको फ्रिक्वेन्सी खुल्ला गर्ने बिषयमा अध्ययन गर्न लागिएको बताए ।

उनका अनुसार विश्वभर सी–ब्याण्डले समस्या पारेको र हवाई यातायातसँग अन्तरविरोध (इन्टरफेरेन्स) आएपछि सो ब्याण्डको थप अध्ययन गर्नुपर्ने अवस्था आएको हो ।

प्राधिकरणले राष्ट्रिय फ्रिक्वेन्सी रणनीति पनि जारी गर्ने तयारी गरिरहेको छ । फाइभ जीको लागि सी ब्यान्ड अध्ययन बिनै खोल्न नसकिने स्थापितको भनाई छ ।

 

हाल प्राधिकरणले तयार पारेको फ्रिक्वेन्सी रणनीति ड्राफ्ट अन्तिम चरणमा रहेको छ । सी ब्याण्डलाई हाल खुला गर्ने पक्षमा प्राधिकरण नभएको निर्देशक स्थापितले बताए ।

युरोप तथा अमेरिकमा सी ब्यान्ड फ्रिक्वेन्सीबारे देखिएका समस्या र अवरोधको बारेमा प्राधिकरणले अध्ययन गर्ने छ । त्यसपछि मात्रै सी ब्यान्डलाई प्रथामिकता दिने प्राधिकरणको तयारी छ ।

नेपालमा हालसम्म फाइभ जी सेवा प्रयोगमा नआईसकेको भएपनि भविश्यमा आउने तयारीमा रहेको हुँदा त्यसको लागि अहिले नै सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्ने र त्यसका लागि नागरिक उड्डयन प्राधिकरणसँग पनि प्राधिकरणले छलफल प्रक्रिया अघि बढाएको छ ।

हाल नेपाल टेलिकमलाई प्राधिरकणले २६ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फाइभ जी परिक्षण अनुमति दिएको थियो । हाल टेलिकमले नेपालमा फाइभ जी परीक्षण तथा सञ्चालका लागि कमिटि बनाएर अध्ययन गरिरहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।