एक मिनेटमा ४ वटा स्मार्ट लाइसेन्स छाप्दै यातायात विभाग,तीन सिफ्टमा कार्ड प्रिन्ट हुँदै

Jan 12, 2022 04:29 PM merolagani



यातायात व्यवस्था विभागले दैनिक ७ हजार स्मार्टलाइसेन्स प्रिन्ट शुरु गरेको छ । आगामी माघ भित्रै बाँकी रहेका सबै स्मार्ट लाइसेन्स छाप्ने गरी विभागले तीन सिफ्टमा लाइसेन्स छपाइ शुरु गरेको हो ।

विभागका अनुसार हालसम्म ४ लाख ५३ हजार जनाको स्मार्ट लाइसेन्स छपाई बाँकी छ । जसमा विभागले विहान, दिउसो र बेलुका गरी स्मार्ट लाइसेन्स छपाई गरिरहेको छ ।

विभागसँग भएको छपाई मेसिनले एक सिफ्ट मात्रै स्मार्ट लाइसेन्स छाप्दै आएको थियो ।

हाल विभागसँग रहेको मास प्रिन्टरले एक मिनेटमा ४ वटा कार्ड छाप्ने र त्यसै अनुसार माघ भित्र बाँकी रहेका सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराउने बताए।

अव नवीकरण गर्नेले र स्मार्ट लाईसेन्स पाउन बाँकी ४ लाख ५० हजारले मात्रै स्मार्ट लाइसेन्स पाउने छन् । नयाँ ट्रायल दिएर बसेका सेवाग्राहीलाई एक बर्षको लागि परीक्षणकालीन लाइसेन्स उपलब्ध गराइने छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।