एक मिनेटमा ४ वटा स्मार्ट लाइसेन्स छाप्दै यातायात विभाग,तीन सिफ्टमा कार्ड प्रिन्ट हुँदै

Jan 12, 2022 04:29 PM merolagani



यातायात व्यवस्था विभागले दैनिक ७ हजार स्मार्टलाइसेन्स प्रिन्ट शुरु गरेको छ । आगामी माघ भित्रै बाँकी रहेका सबै स्मार्ट लाइसेन्स छाप्ने गरी विभागले तीन सिफ्टमा लाइसेन्स छपाइ शुरु गरेको हो ।

विभागका अनुसार हालसम्म ४ लाख ५३ हजार जनाको स्मार्ट लाइसेन्स छपाई बाँकी छ । जसमा विभागले विहान, दिउसो र बेलुका गरी स्मार्ट लाइसेन्स छपाई गरिरहेको छ ।

विभागसँग भएको छपाई मेसिनले एक सिफ्ट मात्रै स्मार्ट लाइसेन्स छाप्दै आएको थियो ।

हाल विभागसँग रहेको मास प्रिन्टरले एक मिनेटमा ४ वटा कार्ड छाप्ने र त्यसै अनुसार माघ भित्र बाँकी रहेका सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराउने बताए।

अव नवीकरण गर्नेले र स्मार्ट लाईसेन्स पाउन बाँकी ४ लाख ५० हजारले मात्रै स्मार्ट लाइसेन्स पाउने छन् । नयाँ ट्रायल दिएर बसेका सेवाग्राहीलाई एक बर्षको लागि परीक्षणकालीन लाइसेन्स उपलब्ध गराइने छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।